वरको रुख बुढो भयो तागत सकियो भन्दै यसरी लगाइयो वरको रुखलाई ‘स्लाइन पानी’



हाम्रो इकोनोमि

तपाइले वरको रुख गाउँघरको चोक तथा चौतारामा देख्‍नु भएकै होला। तर गाउँ घरमा अहिले यो रुख कमै मात्र देखिन्छ। आकारमा धेरै ठूलो हुने यो रुखको आयू पनि लामो हुन्छ।

त्यसकारण गाउँघरमा अहिले यसको उपस्थिति न्‍यून देखिन्छ। गाउँघरको चोक तथा चौतारामा शीतलता प्राप्त गर्न र आवश्कता अनुसार धार्मिक कार्यको लागि यो रुख प्रयोगमा आउँछ।

अली पहिले त यो रुखको छाहारीमा बसेर गाउँघरको सभा तथा पञ्चायत गरिन्थ्यो।त्यो अहिले लगभग बन्द नै भएको छ र वरको रुख पनि गाउँघरमा कम देखिन्छ। हिन्दु धर्ममा वरको रुखको विशेष महत्व छ।विभिन्‍न धार्मिक तथा शुभ कार्यमा यसको पातको प्रयोग गरिन्छ।र यसको स्वच्छ हावा स्वास्थको लागि उपयुक्त मानिन्छ।

यसको संरक्षण आजको आवश्यकता हो र यो प्रयास भारतमा भएको छ। दक्षिण भारतको तेलङगना राज्यमा ७०० वर्ष पुरानो वरको रुखलाई विशेष तरिकाले सलाईनको बोतल चढाइएको बीबीसीले उल्लेख गरेको छ।

यी बोतलमा एक विशेष प्रकारको किटनाशक राखिएको छ जसले खराव किरालाई टाढा राख्ने छ। यो रुख लगभग तिनसय एकडमा फैलिएको छ र यो विश्वको दास्रो सबैभन्दा ठूलो रुख बताइन्छ।

अधिकारीहरु यसलाई ‘दिमक’ (एक प्रकारको किरा) बाट बचाउन प्रयास गरिरहेका छन्।रुखको जराहरुलाई संक्रमणबाट जोगाउनको लागि पाइपले बाधिएको छ।

रुखलाई खस्नबाट बचाउँन हाँगाको आसपास सीमेन्ट प्लेट लगाउने व्यबस्था गरेको सरकारी अधिकारी पाण्डुरंगा रावले बताए। जरामा मल राख्ने र गोडमेलको कामपनि गरिएको उनले बताए।

स्थानिय सञ्चारमाध्यामसँग कुरा गर्दै अर्का अधिकारीले भने किराबाट प्रभावित भागमा पानीमा किटनाशक मिलाएर थोरै थोरै हालेमा त्यसले किराबाट रुखलाई बचाउन मद्दत मिल्ने छ।

प्रशासनले गएको वर्ष डिसेम्बरमा रुखको हाँगा भाचिएको देखे र त्यसठाउँमा पर्यटकलाई प्रतिबन्ध गर्नुपरेको थियो।रुखमा नराम्म्रोसँग दीमकले क्षति पुर्‍याएको छ। पर्यटकहरु रुखको हागामा झुल्लिने गर्थे जसकारण हाँगाको दिसा परिवर्तन भएको एक अधिकारिले बताए।

वरको रुख छिटो बढ्ने र मजबुत जराको लागि जानिन्छ।यो रुख यति छिटो बढ्छ कि हागाँबाट यसको जराहरु जमिनमासम्म जान्छन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...