५ बजे उठेर आधा घण्टा गीत् नसुनी शौचालय जानै सक्दिन भन्दै प्रचण्डले यसरी आफै खोले आफ्नो भेद



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन्।

शुक्रवार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ।’

मेची महाकाली साङ्गीतिक अभियानको सुरुवात समय सान्दर्भिक भएको र यसले नेपाली जनताले गरेको नयाँ समृद्धि र सभ्यतासहितको नयाँ युगको अपेक्षामा ठुलो टेवा मिलोस् भन्दै शुभकामना दिए।

प्रचण्डले संगीतकार र कलाकारहरूलाई रोयल्टीको अधिकार स्थापित गर्न पुरै सहयोग हुने विश्वास दिए। उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो राजनीतिक प्रक्रियामा समावेश भैसकेपछि कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन गर्न, सहयोग गर्न र उनीहरूको अधिकार स्थापित गर्न हमेसा मेरो ध्यान रहेको छ ।’

‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको थिएँ। अब म संगीतकार कलाकारहरूलाई त्यसरी नै राज्यको तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु’, प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले आफ्नो परिवारमा पनि संगीत र संवेदनाको स्थिति रहँदै आएको बताए। युद्धका समयमा र शान्ति प्रक्रिया पश्चात् पनि गीत सङ्गीतप्रति आफ्नो संवेदनशीलता र भावुकता राष्ट्रले देखिसकेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले आफ्नो बिहानको सुरुवात नेपाली गीत संगीतबाट हुने उल्लेख गर्दै भने, ‘मेरो बिहान ५ बजेबाट सधैँ नै आधी घण्टा पुुराना संगीतकार र नयाँ संगीतकार त्यसै गरी पुराना गायक र नयाँ गायकका गीत संगीत सुनेपछि सुुरु हुन्छ।’

हरेक दिन बिहान बिहान ५ बजे प्रेमध्वज प्रधान र अरू धेरै वरिष्ठ पुराना संगीतकारका गीत र संगीतबाट र आधुनिक गीतका नयाँ कलाकारहरूका गीत संगीत सुनेर आघी घण्टा बिताउने आफ्नो तालिका भएको उनले बताए। ‘गीतपछि र आधी घण्टा फिजिकल एक्ससरसाइज गर्छु। आधी घण्टाले गीतले मानसिक ‘रिफ्रेस्मेन्ट’ भएको महसुस गर्छु। र आधी घण्टाको ‘फिजिकल एक्सरसाइज’ले भौतिक ‘रिफ्रेस्मेन्ट’ भएको महसुस गर्छु । मेरो घरमा एउटा कोठामा हार्मोनियम बज्छ, अर्को कोठामा गितार बज्छ यस्तै गर्दैगर्दै जीवन अगाडि बढिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्