दुई लाख घुसमा भागबण्डा नमिले पछी कर्मचारी बीच पछारा-पछार,डिल्लीबजार मालपोतमा देखियो यस्तो जात्रा



हाम्रो इकोनोमि

दुई हप्ताअघि धनगढीस्थित मालपोत कार्यालयमा घुस खाए बापतको रकममा भागबण्डा नमिलेर चार कर्मचारीबीच कार्यालयमै मारामार भएको थियो ।

कुरो दिनभरि उठाएको घूस साँझ भागबण्डा गर्दा कसैलाई बढी कसैलाई कम र लिनेले लुकाएको निहुँमा मालपोत कार्यालय डिल्लीबजारस्थित नापी शाखाका कर्मचारीले कर्मचारी भकुरेका छन् ।

सुशासन दिन्छु भनेर प्रधानमन्त्री ओली सिंहदरवारबाट कुर्लिने , सिंहदरवारकै ढोका पल्तिर नापीमा घूस भागबण्डा मिलेन भनेर मारामारको तमासा देखिने । यो तमासले सबैलाई लज्जित बनाएको छ।
घुस नपाएको झोकमा सन्तोष साहले आफ्नै समकक्षी विनोद देवलाई भकुरेका हुन् । साहले ‘तँ आफू मात्रै खाने ?’ भनेर कुटपिट गर्दा वरपर सबैले देखेका थिए । नापी अधिकृत छन् मगनु दत्त । उनले पछि कार्यकक्षमा लगेर दुबैलाई मिलाए, कराउनेको भाग दिलाए । यस्तै समस्या कलंकी, चावहिल, साँखु, टोखा र मनमैजुमा नापी र मालपोत कार्यालयमा पनि चर्कदै गइरहेको छ । दुई लाख घुसमा भागबन्डा नमिलेर उनीहरु बीच झगडा भएको हो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...