बेश्यालयमा युवती बिक्री गर्ने वडाअध्यक्षलाई अदालतले छोडे पनि प्रहरीले फेरी पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केन्द्रीय कारागार अगाडिबाटै उनलाई पक्राउ गरेको हो।

बन्दी प्रत्यक्षीकरण मुद्दामा वडा नम्बर र बुबाको नाम फरक परेको भन्दै सर्वाेच्चले सुनबहादुरलाई छाड्ने आदेश दिएको थियो। उनलाई २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्ष कैद सजाय भएको थियो। सो मुद्दाको अभियुक्त आफ्नो बुबा नभएको भन्दै सुनबहादुरका छोराले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए।

गत चैत ७ मा नुवाकोट जिल्ला अदालतले भने उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सो फैसला कार्यान्वायनका लागि सिआइबीले उनलाई आइतबार अदालतमा पेश गर्न लागेको छ।

उनीविरुद्ध मानव बेचबिखन सम्बन्धी अन्य २ मुद्दामा अदालतमा विचाराधीन छन्। २ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ।

लामा विगत २५ वर्षदेखि युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ। भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। नुवाकोटबाट मात्र उनले २ सयभन्दा धेरै चेलीलाई कोठीमा पुर्‍याएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...