पार्टी स्थापनाकै दिन राजपा नेपाल फुट्यो,उपाध्यक्ष सहित ३३ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग



राष्ट्रिय जनता नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् । तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

संयोजक यादवले ०६२/६३ को मधेश आन्दोलनमा ६३ जनाले सहादत प्राप्त भएको बताउँदै भने,‘मधेश आन्दोलनमा निर्दोष मधेशी जनताले ज्यान गुमाए, तर यसको फाईदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै सुविधा लिन तल्लनी भए, संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन्।’

मधेशी जनताको मुल एजेण्डा संविधान संशोधनमा कुनै भूमिका नखेलेको बरु सत्तामा जानमात्रै हतार गरेकोले आफूहरुले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवको स्पष्टोक्ति थियो । उनले भने,‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुले मुद्दा नै बिर्सजन गर्नुभयो, उहाँहरुले मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी हो।’ राजपाका नेतृत्वकर्ताहरुले आन्दोलनलाई सत्तामा पुग्ने भ¥याङ् बनाएको उनको आरोप थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै सह–संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको स्पष्ट पारे । उनले भने,‘विगतमा के भयो ? हामीलाई थाहा भएन, तर अहिलेपनि हामी राम्रै पदमा थियौं, उहाँहरुको चल्ने शैली गलत थियो, जुन एजेण्डाका लागि आन्दोलन भएको थियो, त्यसमा उहाँहरुले कुनै काम गर्नुभएन्।’

राजपा नेपालका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै सिंहले भने,‘उनीहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं।’ उनले आफूहरुले घोषणा गरेको नयाँ पार्टीको मुख्य एजेण्डा राष्ट्रियतासहितको लोकतन्त्र र समाजवाद भएको स्पष्ट पारे ।

राजपाभित्रका सबै असन्तुष्ट साथीहरुलाई यो नयाँ पार्टीमा आफूहरुले स्वागत गर्ने उनको आह्वान थियो । उनले भने,‘हामी अब शोषित पीडितको लागि लड्छौं, हामी उहाँहरुको हकहितको लागि लड्छौं।’ राष्ट्रियता, लोकतन्त्र र समाजवाद आफूहरुको मुख्य राजनीतिक एजेण्डा हुने सिंहको भनाई छ । त्यस्तै उनले यो पार्टीलाई छिट्टै राष्ट्रिय पार्टीको रुपमा अघि बढाउनेपनि विश्वास दिलाए ।

निर्वाचन आयोगको नियम अनुसार पार्टी गठन भएको १ वर्षभित्रै महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार आगामी एकदेखि डेढ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने उक्त पार्टीले जनाएको छ । मधेशमा अहिलेसम्म विकास नभएको बताउँदै उनले राजपा(लोकतान्त्रिक)ले अब विकासकेन्द्रित गतिविधि अघि बढाउने जनाए ।

उनीहरुले जारी गरेको विज्ञप्ती अनुसार राजपा नेपालको विभिन्न पदाधिकारीसहित ३३ जनाले पदबाट बहिष्कार गरेका छन् । हिजोमात्रै पार्टी फुटाउने मिति तय भएकोले समय अभावका कारण केही साथीहरु जिल्लाबाट आउने क्रम जारी रहेको उनीहरुको दाबी छ । त्यस्तै केही ठाउँबाट काठमाडौंमा आईपुग्नेहरुलाई भने बाटोमै रोकिएकोपनि उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्