मालिन्दो एयर दुर्घटनाको असर:आजको कांग्रेस बैठक बस्ने सकेन,यस्तो छ कारण



हाम्रो इकोनोमि

विहीबार राति भएको मालिन्दो एयर दुर्घटनाको असर आजदेखि हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई परेको छ।

विमान दुर्घटनाका कारण विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेका र त्यसले आन्तरिक उडानलाई पनि असर गरेपछि कांग्रेस बैठकलाई असर गरेको हो।

कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको केन्द्रीय समितिको बैठक लामो समयपछि आज ११ बजे बस्ने भनिएको थियो।

प्रबक्ता विश्वप्रकाश शर्माका अनुसार, विमानस्थलमा देखिएको समस्याका कारण पूर्व र पश्चिम क्षेत्रका नेताहरु आजको बैठकमा आउन सकेका छैनन्।

रामचन्द्र पौडेल पोखराबाट र विजय गच्छदार विराटनगरबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो’ शर्माले भने, ‘तर आउन नसक्ने हुनुभयो।’

बैठकमा सहभागी हुने ९० जना नेतामध्ये झण्डै आधाजस्तो केन्द्रीय सदस्य विमानस्थलमा देखिएको समस्याका कारण काठमाडौं आउन सकेका छैनन्।

शर्माका अनुसार, यही समस्याका कारण कांग्रेस नेता पौडेल आकाशमार्गको साटो स्थलमार्गबाटै काठमाडौं प्रस्थान गरेका छन्।

‘विमानस्थल सुचारु भयो भने भरेसम्म नेताहरु आइपुग्नुहोला’ शर्माले भने, ‘त्यसैले, आजको बैठक नहुनपनि सक्छ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...