सन्ताननै नभएका प्रधानमन्त्री ओली र एमाले सचिब योगेश भट्टराईले दुई सन्तानको यसरी लिए शिक्षा दिक्षाको ठेक्का



हाम्रो इकोनोमि

विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्री र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ।

विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइएको हो। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको रारामा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गरेका थिए। बुधबार प्रधानमन्त्री ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र अन्य उच्च अधिकारीले सिरहाको कल्याणपुर नगरपालिकाको रामदुलारी माविका विद्यार्थीलाई भर्ना गराई अभिभावकत्व लिए। प्रधानमन्त्री ओलीका सन्तान छैनन्।

त्यस्तै सन्तान नभएका अर्का नेता विद्यार्थी भर्ना अभियानमा अन्तर्गत एमाले सचिव तथा युवा नेता योगेश भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङ्ग जिल्लाको पाथिभरा याङवोरक गाउपालिका वडा नं ६ थुम्बेदिन स्थित शारदा माध्यमिक विद्यालय कक्षा १ मा कमल बिक र सोही गाउपालिका वडा नं ५ को चाक्सिबोटे माबि कक्षा १ मा गंगा बिकलाई अभिभाकत्व ग्रहण गरेका छन ।

भर्ना गराउनुका साथै भट्टराईले ब्याग, पुस्तक, कपी, कलम र ड्रेस समेत प्रदान गरेका छन । साही क्षेत्रका जन प्रतिनिधि समेत रहेका संसद भट्टराईले निज विद्यार्थीलाई १० कक्षासम्म कुनै समस्या परेमा सहयोग गर्ने प्रतिबद्धता समेत् ब्यक्त गरेका छन । सामुदायिक बिद्यालयमा विद्यार्थी भर्नाको अभियान अत्यन्तै सहि छ अब सामुदायिक बिद्यालयको अवस्थामा ब्यापक सुधारमा समेत प्रधानमन्त्रीको अग्रसरता अपेक्षा गरेको भट्टराईले फेसबुक मार्फत जनाएका छन ।

हाल देशभर विद्यालय भर्ना अभियानलाई तीव्र पारिएको छ । शीर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, बिभिन्न दलका भ्रातृ संगठनलगायतले अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई सघाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...