आतंकबादी समाउन ओली सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी थाल्यो अप्रेसन मण्डला



हाम्रो इकोनोमि

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरिएका पासपोर्ट प्रयोग गरी अन्तर्राष्ट्रिय अपराधी र आतंकवादीको घुसपैठ रोक्न बिहीबारदेखि अप्रेसन मण्डला सुरु गरेको छ।

इन्टरपोलबाट आउने सूचनाका आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यले सरकारले अप्रेसन मण्डला सुरु गरेको हो।
दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानी प्रयोग गरी अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी गतिविधि रोक्न अप्रेसन मण्डलाको सुरुवात भएको हो।

अप्रेसन अन्तर्गत संगठित अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागका अधिकारी सक्रिय हुनेछन्। अप्रेसन मण्डलाको टोलीले इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गर्नेछ।

अप्रेसन हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालय बेलहिया रुपन्देहीमा मंगलबारदेखि वैशाख १३ गतेसम्म पाइलट प्रोजेक्टको रुपमा संचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

इन्टरपोल इन्टिग्रेटेड बोर्डर म्यानेजमेन्ट टास्क फोर्सका संयोजक ह्विक लीलगायत अध्यागमन विभाग एवं नेपाल प्रहरीका ‍‍अधिकृतहरुको उपस्थितिमा अप्रेसनको सुरुवात भएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दले अप्रेसनको शुभारम्भ गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...