ओलीलाई धारे हात लगाएर सराप्ने राजपाका नेताले ओलीकै अभिभाबकत्वमा पार्टीको बर्थडे मनाउदै



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भोलि (शुक्रबार) दोस्रो स्थापना दिवस मनाउँदैछ। गत वर्ष बैशाख ७ गते मधेशी मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर राजपा गठनको घोषणा गरिएको थियो।

एक वर्षभित्र अधिवेशन गर्ने भने पनि राजपाले अधिवेशन गर्न सकेको छैन। स्थापनाकै दिन बनाइएको अध्यक्ष मण्डलले नै पार्टीको नेतृत्व गर्दैछ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपचारका क्रममा दिल्लीमा छन्। ठाकुरलाई मंगलबार आइसीयूबाट क्याविनमा सारिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको ठाकुरसँगै दिल्ली पुगेकी सांसद चन्दा चौधरीले बताइन्।

चौधरीका अनुसार ठाकुर स्वस्थ हुन केही दिन लाग्नेछ।

यता राजपाका महासचिव केशव झाले पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताए। स्थापना दिवसको अवसरमा स्वागत तथा सांस्कृतिक कार्यक्रम समेत राखिएको उनले जनकारी दिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...