तीन घण्टा बसे ओली र प्रचण्ड चिया प्युदै,आज पनि ताल उही रात भरी रुङ्ग्यो बुढी ज्यूदै



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको वार्तापनि विना निष्कर्ष टुङ्गिएको छ।

विवादित तीन विषय टुङ्ग्याउन ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि झण्डै ३ घण्टा वार्ता भएको थियो।जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान दृष्टिकोण बनाउन ओली र प्रचण्ड वार्तामा जुटेका थिए।

एकता संयोजन समितिको ४ बैशाखको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डलाई दिए बमोजिम उनीहरुबीच आज वार्ता भएको हो।
दुई शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो।
तर आजको वार्ताले संयोजन समितिको बैठकको मिति तय गर्न नसकेकाले उनीहरुबीच विवादित विषयमा अझै सहमति नजुटेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...