मन्त्री ज्ञवालीले काठमाडौंमा रेल ल्याउन बेइजिङमा चलाए यस्तो छलफल,तातोपानी नाका खुल्ने भयो



हाम्रो इकोनोमि

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र ज्ञवालीका चियिना समकक्षी वाङ यी बीच केरुङ–काठमाडौंसम्मको नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन तथा डिपिआरको तयारीका विषयमा छलफल भएको छ। बुधबार विहान बेइजिङमा भएको द्विपक्षीय वार्तामा नेपाल–चीन सीमापार रेलमार्गबारे छलफल भएको हो।

दुई देशका परराष्ट्रमन्त्रीबीच काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे पनि छलफल भएको थियो। बेइजिङस्थित नेपाली राजदूतावासले बिज्ञप्ती जारी गरी बताए अनुसार, दुबै पक्ष सकेसम्म चाँडो द्विपक्षीय संयन्त्रको बैठक गर्न तथा सम्झौताका सर्तहरुलाई अन्तिम रुप दिन सहमत भएका छन्।

मन्त्री ज्ञवालीले बुधबार बिहान नै चिनियाँ उपराष्ट्रपति वाङ क्विसानसँग भेट गरेका थिए। सो भेटमा नेपालले राष्ट्रपति सी जिनपिङको ‘मानवताको साझा भविष्यका भएको समुदाय निर्माण’ गर्ने दृष्टिकोणको सराहाना गरेको बताउँदै बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआइ) अन्तर्गत राष्ट्रहरुबीच सहकार्य बढाउने चीनको चाहनाप्रति समर्थन जनाएका थिए।

उपराष्ट्रपति क्विसानले नेपाल र चीनको मित्रता प्रगाढ रहेको बताउँदै द्विपक्षीय सम्बन्धको भरपुर फाइदा उठाउनुपर्नेमा पनि जोड दिएका थिए।

दुई परराष्ट्रमन्त्रीबीच भएको वार्तामा दुबै पक्षले आपसी प्रगाढ सम्बन्धलाई निरन्तरता दिन उच्चस्तरीय कूटनीतिक आदानप्रदान जारी राखिनुपर्ने बताएका थिए। ज्ञवालीले विनम्रता, मेलमिलाप, आपसी हित र सहभागितामा आधारित चीनको छिमेक कूटनीतिको सराहना गरेका थिए।

वार्तामा दुबै पक्षले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीत्वकालमा भएका सहमति–सम्झौताहरु कार्यान्वयनका लागि सहमति जनाएका थिए। यसैगरी सीमापार बहुआयामिक यातायात सञ्जाल निर्माण गर्न पनि उनीहरुले सहमति जनाएका थिए।

चीनको सहयोगमा निर्माण हुने परियोजनाहरुलाई प्रभावकारी रुपमा लागु गर्न एक साझा संयन्त्र बनाउन दुबै पक्ष सहमत भएकोपनि राजदूतावासले जारी गरेको विज्ञप्तीमा बताइएको छ। त्यसमा भनिएको छ, ‘दुबै पक्ष पूर्वाधार विकास, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विकासका बारेमा छलफल भयो।’

समकक्षी यीसँगको वार्तामा मन्त्री ज्ञवालीले आगामी दिनमा थप सीमानाका खोल्नुपर्नेमा जोड दिएका थिए। रसुवागढी–केरुङ र तातोपानी–जाङ्मु नाकामा पूर्वाधार स्तरोन्नति गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए। तातोपानी नाका चाँडै खोल्ने सम्बन्धमा पनि छलफल भएको थियो।

मन्त्री ज्ञवालीले चीनसँग रहेको व्यापार घाटा घटाउन पनि जोड दिएको दूतवाासले बताएको छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...