यसरी गले पूर्वराजा ज्ञानेन्द्र, निर्मल निवासमा ध्यान, अध्ययन र पूजापाठमा दिन बिताउँदै



हाम्रो इकोनोमि

वर्ष २०७४ को अन्तिममा  झापामा  रहेर राप्रपाका दोस्रो तहका नेतासँग समेत अर्थपूर्ण भेट गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय निर्मल निवासमै बसिरहेका छन् । निर्मल निवासमा पूजापाठ, अध्ययनका साथै  राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै शाहले दिन बिताउँदै आएका छन् ।
तत्काल कुनै औपचारिक कार्यक्रम नभएका उनको दैनिकी  निवासमै योग ध्यानका साथै पूजापाठ, अध्ययनमा बित्ने गरेको पूर्वराजाका संवाद डा. सचिव फणि पाठकले रातोपाटीलाई जानकारी दिए ।

पूर्वराजाले वर्तमान राजनीतिक घटनाक्रमलाई पनि नियालिरहेको तर उनको राजनीतिमा आउने कुनै  योजना नरहको बताउँदै पाठकले  पछिल्लो समय पूर्वराजाले राजावादीहरुलाई समेटेर पार्टी खोल्नमा सहयोग  गरेको भन्ने हल्लाहरुको  कुनै सत्यता नरहेको बताए । ‘देश विखण्डनको बाटोमा नजाओस्, राष्ट्रियता बलियो होस् र देशमा समृद्धि होस् भन्ने पूर्वराजाको जोड छ ’, पाठकले भने, ‘  पूर्वराजाको राजनीतिमा लाग्ने कुनै योजना छैन र राजनीतिक समर्थन पनि कसैलाई रहँदैन । ’

पूर्वराजाले  तीन ओटै राप्रपाका  नेताहरुलाई मिलाएर बुद्धिमान तामाङको नेतृत्वमा   नयाँ राप्रपा गठनको पहल गरिहरेको भन्नेसम्मका समाचार आइरहेको बेला पाठकले त्यसको कुनै सत्यता नरहेको समेत बताए ।

उनले भने, ‘कुनै पनि दलविशेषलाई मिलाउने या फुटाउन  पूर्वराजा लागिबक्सेको  छैन ।  न यसको कुनै परिकल्पना  नै उहाँबाट भएको छ ।  पूर्व श्री ५ लाई जोडेर किन गलत प्रचार भइरहेको छ हामी नै अचम्मित भएका छौं ।’उनले झापामा  पूर्वराजाबाट सबै राजनीतिक दलका प्रतिनिधि र लब्धप्रतिष्ठित व्यक्तित्वहरुसँग भेटेको साँचो भएपनि  कुनै पार्टीलाई एकताबद्ध गराउने या फुटाउने उद्देश्य नभएको बताए ।

फागुन २० देखि चैत २५सम्म झापामा रहँदा पूर्वराजाले कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह ,  पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती , डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्यलगायतलाई भेटेका थिए । पूर्वराजा भेट्नैको लागि र  राप्रपाका नेताहरु झापास्थित पूर्वराजाको हिमालय चिया बगानमा पुगेका थिए । सो क्रममा राप्रपा  पुर्नगठनका विषयमा छलफल भएको राप्रपाका एक नेताले नै रातोपाटीलाई बताएका थिए ।  तर, पूर्वराजा निकटस्थले भने  कुनै राजनीतिक चाहना नभएकाे बरु पूर्वराजाले बलियाे राष्ट्रियता मात्रै चाहेको बताउँदै आएका छन् ।

आफ्नो औपचारिक कार्यक्रमका साथै वक्तब्यहरुमा राष्ट्रियता बलियो हुनुपर्ने, आर्थिक समृद्धि हुनुपर्नेलगायतका धारणा राख्दै आएका छन् । यस्तै उनले  आफूले राजगद्दी छाडेपछि  राजनीतिक दलहरुदले जनताको चाहनाअनुसार काम नगरेको भन्दै असन्तुष्टि समेत जनाउँदै मात्रै आएका छैनन् राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेका समेत बताउँदै आएका छन् ।

पछिल्लो समय पूर्वराजाले  नयाँ वर्षको अवसरमा निकालेको  शुभकामना सन्देशमा समेत यो कुराको संकेत मिल्थ्यो ।  सन्देशमा उनले मुलुकलाई शब्दजालको भूलभूलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व क्षतविक्षत तुल्याइने खतरा रहेको बताएका थिए । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...