सिन्डिकेट हटाउने ओली सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आक्रामक,ओलीलाई घेर्ने यस्तो छ योजना



हाम्रो इकोनोमि

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम अघि सारेका हुन्। उनीहरुले ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने र वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोण सभा गर्ने जनाएका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले वैशाख १२ र १३ गते तालिका फ्री छाड्ने तथा १४ र १५ गते क्यू फ्रि छाड्ने जनाएका छन्। वैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने उनीहरुको तयारी छ।

सरकारले आफ्ना माग सुनुवाई नभए वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरुको योजना छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...