बेइजिङमा मन्त्री प्रदीप ज्ञवालीले भेटे उपराष्ट्रपति र परराष्ट्रमन्त्री,ओलीको भयो यस्तो प्रशंशा



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार बिहान बेइजिङमा चीनका उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गरेका छन्।

सरकारी निवास चोङनानहाइमा बुधबार बिहान ८ बजे उपराष्ट्रपति वाङ र ज्ञवालीबीच भेटवार्ता भएको हो। भेटमा ज्ञवालीले निर्वाचनपछि स्थिर सरकार बनेको र चीनसँग नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ अन्र्तगत पूर्वाधार विकास आयोजनामा काम गर्न चाहेको बताएका थिए।

उपराष्ट्रपति वाङले नेपाल चीनको असल छिमेकी रहेको दोहोर्याउँदै नेपालको आर्थिक विकासमा थप सहयोग गर्न बेइजिङ तयार रहेको बताएको स्रोतहरूले जनाएका छन्।

चोङनानहाई भेटवार्ता लगत्तै दियोथाई स्टेट गेष्ट हाउस फर्केका मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ। बेइजिङमा दुई पक्षीय भेटवार्तापछि मन्त्री ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...