बेइजिङमा मन्त्री प्रदीप ज्ञवालीले भेटे उपराष्ट्रपति र परराष्ट्रमन्त्री,ओलीको भयो यस्तो प्रशंशा



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार बिहान बेइजिङमा चीनका उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गरेका छन्।

सरकारी निवास चोङनानहाइमा बुधबार बिहान ८ बजे उपराष्ट्रपति वाङ र ज्ञवालीबीच भेटवार्ता भएको हो। भेटमा ज्ञवालीले निर्वाचनपछि स्थिर सरकार बनेको र चीनसँग नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ अन्र्तगत पूर्वाधार विकास आयोजनामा काम गर्न चाहेको बताएका थिए।

उपराष्ट्रपति वाङले नेपाल चीनको असल छिमेकी रहेको दोहोर्याउँदै नेपालको आर्थिक विकासमा थप सहयोग गर्न बेइजिङ तयार रहेको बताएको स्रोतहरूले जनाएका छन्।

चोङनानहाई भेटवार्ता लगत्तै दियोथाई स्टेट गेष्ट हाउस फर्केका मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ। बेइजिङमा दुई पक्षीय भेटवार्तापछि मन्त्री ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...