आफ्ना दुई छोरीलाई सरकारी स्कुलमा भर्ना गराएर ७ नम्बर प्रदेशका मुख्यमन्त्री अरुलाई दिए झापड



प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
बुधबार बिहान एक कार्यक्रमका साथ मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक–४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनमलाई कक्षा ८ मा र १६ वर्षकी लक्ष्मीलाई कक्षा १० मा भर्ना गराएका हुन् ।

राजनीतिज्ञले आफनो छोराछोरीलाई महंगा निजी विद्यालय तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गालाई साथमा लिएर मुख्यमन्त्री भट्ट यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गराउन पुगेका थिए ।

सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटदै गइरहेका बेला मुख्यमन्त्री भट्टले भर्ना अभियान सञ्चालन भइरहेका बेला दुई छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् । यसले सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास बढने अपेक्षा छ ।

सरकारीमा छोराछोरी पढाउने वातावरण तयार गर्छौँ : भट्ट
आफनो दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दै मुख्यमन्त्री भट्टले सबैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने वातावरण प्रदेश सरकारले बनाउने बताए ।

त्यसका लागि नीति बनाउने कार्य भईरहेको समेत मुख्यमन्त्रीले जानकारी दिए । भट्टले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफनो छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पनि सरकारी स्कुलमै पढेका थिए
कक्षा ८ सम्मको अध्ययन गरेका मुख्यमन्त्री भट्ट पनि सरकारी स्कुलमै पढेका हुन् । उनी डोटीको के.आई.सिंह गाउँपालिकामा रहेको देवस्थल प्राविमा पढेका थिए । हाल उक्त स्कुलमा कक्षा १० सम्म पढाई हुँदै आएको छ ।

१४ वर्षको बालापनमै गरिबीका कारण कक्षा ८ मा बढाई छाडदै रोजगारीका लागि भारत पुगेका भट्टल चौकीदारी समेत गरेका थिए ।

६ हजार बढी विद्यालय बाहिर
प्रदेश ७ का नौ जिल्लामा ६ हजार चार सय २२ बालबालिका स्कुलबाहिर रहेको तथ्यांक छ । क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांकअनुसार बाजुरामा चार सय ३२, बझाङमा पाँच सय १४, अछाममा एक हजार एक सय ५६, डोटीमा चार सय ७७, कैलालीमा दुई हजार तीन सय ९४, दार्चुलामा दुई सय ६३, बैतडीमा एक सय १४, डडेल्धुरामा तीन सय ३२ र कञ्चनपुरमा छ सय ४० बालबालिका स्कुलको पहुँचभन्दा बाहिर छन् ।

गरिबीका कारण कसैले विद्यालय छाड्नु पर्दैन
गरिबीका कारण बालापनमै कक्षा ८ मै पढाई छाडन बाध्य भएका मुख्यमन्त्री भट्ट अब कसैले पनि विद्यालय छाडने अवस्था नआउने बताउँछन् ।

विद्यालय बाहिर रहेका विद्यालयलाई भर्ना गराउन भर्ना अभियान सञ्चालन भइरहेको बताउँदै मुख्यमन्त्री भट्टले पढने नसक्ने विद्यार्थीलाई प्रदेश सरकारले पढाउने बताए । त्यसका लागि सामाजिक मन्त्रालयले कार्यक्रम समेत तयार पारिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९