प्रधानमन्त्रीको आदेश पछी मध्यराति क्यासिनोमा छापा,नेपालीलाई जुवा खेलाएपछी सिईओ र एमडीसहित ८ पक्राउ



हाम्रो इकोनोमि

माजोङ क्यासिनोमा छापा हानी प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
नेपालीलाई जुवा खेलाएको आरोपमा क्यासिनोका सिईओ, मेनेजर सहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार राती ११ः२० मा प्रहरीले होटल सोल्टीमा रहेको क्यासिनोमा छापा हानेको हो। क्यासिनोमा जुवा खेलिरहेका ६ नेपालीलाई पक्राउ गरी मेनेजरहरुलाई समेत नियन्त्रणमा लिइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

पक्राउ पर्नेहरुमा सिईओ ओम कर्माचार्य, एमडि बिनोद श्रेष्ठ छन्। पक्राउ परेका जुवाडेहरुमा अरुण सेढाई, बिकप्प पोखरेल, शंखर पौडेल, तेन्जिङ मेलेक, सांङ्गे पासङ ठकुरी र रञ्जित खड्गी छन्।
उनीहरु विगतमा पनि जुवामा पटक पटक पक्राउ परेका व्यक्तिहरु हुन्।

क्यासिनोमा नेपालीलाई जुवा खेलाउन निषेध छ। तर, आम्दानी बढाउन क्यासिनो सञ्चालकहरुले नेपालीलाई पनि प्रबेश दिने गरेका छन्। क्यासिनोमा नेपालीलाई जुवा खेलाएमा क्यासिनोको लाइसेन्स नै खारेज हुने प्रावधान छ। श्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको आदेशमा प्रहरीले त्यहाँ छापा मारेको हो।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...