६४ बर्षे पूर्ब सांसदले भारतीय दूतावासमा बम पड्काए,प्रहरी यसरी कोच्यो जेलमा



हाम्रो इकोनोमि

विराटनगरस्थित रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्‍फोट गराएको अभियोगमा पूर्वसांसद बाबुलाल पासवान पक्राउ परेका छन्। अन्य दुईजना पनि पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ। पक्राउ पर्नेमा पुरुषोत्तम अधिकारी र लिलानाथ काफ्ले रहेका छन्। यद्यपि, अधिकारी र काफ्ले पक्राउ परेको विषय अझै पुष्टि भएको छैन। पासवानलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार बूढीगंगा गाउँपालिकाको निमुवाबाट पक्राउ गरेको हो।

६४ वर्षीय पासवान पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक सभासद् भएका थिए। पार्टी विभाजनपछि पासवान विप्लव समूहमा सक्रिय रहँदै आएका थिए। ‘पासवानलाई पक्राउ गरेको विषयमा थप अनुसन्धान भइरहेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ। अहिले नै केही भन्न सकिन्न।

’ विप्लवको कार्यकर्ता भएकोले पासवानलाई नियन्त्रणमा लिएकोे एसपी बिसीले बताए। तर, बम विस्‍फोटमा संलग्न भएको भने उनी हुन् वा हैनन् भन्ने केही खुलेको छैन।अहिले अनुसन्धानमा राखेको छ। विराटनगर-१३ मा रहेको कार्यालयलाई लक्षित गरी सोमबार राति बम विस्फाेट भएको थियो। बम विस्फोटले पर्खालमा सामान्य क्षति पुर्‍याएको छ।

प्रहरीले घटनास्थलमा र सम्पर्क कार्यालयको वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। प्रहरीले प्रेसरकुकर बम भएको आशंका गरेको छ। नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले मंगलबार बन्दको आह्‍वान गरेकोले उनकै कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने मोरङका प्रमुख जिल्लाअधिकारी रामप्रसाद आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...