ओलीले फोन गरे पछी प्रचण्ड भातै नखाई फर्किए,“तनाव बिसौनी”मा प्रचण्डले तिरे एकरातको २४ हजार



माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गजबको बानी छ, जब तनाव थपिन्छ फुत्त काठमाडौं बाहिर निस्कन्छन् । धुलिखेल, नगरकोट र सिन्धुपाल्चोकको सुकुटे, दाहालको “तनाव बिसौनी” बन्ने गरेको छ । केही वर्षयता प्रचण्डका वर्षको कम्तिमा २ पल्ट सुकुटे पुग्ने गरेका छन्, रिफ्रेश हुने बहाना खोज्दै । चाहे पार्टीभित्रको तनाव होस् वा पारिवारिक, उनी सुकुटे तटमा पुरेर केही समय बिताउँछन् अनि मन हल्का बनाउँदै फर्कने गर्छन् ।

पछिल्लो तनावः

वैशाख २ गते आइतबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले एमालेले जनयुद्धलाई स्वीकार नगरे र समान हैसियत नभए पार्टी एकता नगर्न अध्यक्ष प्रचण्डलाई चेतावनीको भाषामै खबरदारी गर्‍यो । प्रचण्डलाई भेट्न खुमलटार निवासमै गएको वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिाखा नेतृत्वको टोलीले ‘जनयुद्ध शब्द पार्टीको विधानमा लेखेर दराजमा थन्काउँदैमा जनयुद्धको सम्मान हुँदैन, एकीकृत पार्टीले सहज रुपमा स्वीकार गर्नुपर्छ र हैसियत बराबरी हुनुहुपर्छ, अनि दुई अध्यक्षमध्ये एक प्रधानमन्त्री भए अर्को पार्टी अध्यक्ष हुनुपर्छ नत्र एकता सेकता हुँदैन’ भनेर अडान राखिदियो ।

युद्धकाल र शान्तिप्रक्रियामा फर्केदेखि कै आडभरोसा दिँदै आएको वाईसीएलले कडा माग राखेपछि दाहालले, समान हैसियत र जनयुद्ध स्वीकार गर्ने विषयमा आफू अडिग रहेको वाचा गरे ।

वाचा त गरे, एमाले नेताहरुले न जनयुद्ध स्वीकार्ने संकेत दिएका छन् न त समान हैसियत दिने नै । उनीहरुले त अझ ७०—४० को अनुपातमा एकिकरण गर्नुपर्ने अडान राख्दै आएका छन् ।
पूर्व निर्धारित सहमति अनुसार एमाले माओबादी केन्द्रको एकिकरण गर्न जम्मा जम्मी एक सातो बाँकी छ । एकताको टुंगो लागिसक्दा पार्टीभित्रकै नेताहरु व्यवस्थापनको दबाब तीव्र बन्दै गर्दा र विदेशी मित्र(?) बाट पनि दबाब आइरहेको छ । यही मेसोमा दाहालले सुकुटे सम्झिए ।

के गरे सुकुटेमा ?

पार्टीभित्र र बाहिरको चर्को दबावपछि तनावमा परेका दाहाल आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्ट पुगे । पत्नी सीता, छोरी ज्वाईँ, नाती नातिनी, पार्टी नेता अग्नि सापकोटा र सुरक्षाकर्मी सहित दाहाल रिसोर्ट पुग्दा बेलुकीको पाँच बजेको थियो । सुनकोशी किनारको रिसोर्ट पुुगेपछि पत्नी सीता र उनको लागि एउटा, आफन्तका लागि लागि अर्को कोठाको व्यवस्था थियो । टोलीमा सामेल १२ जनामध्ये बाँकीले चाहिँ ३ वटा टेन्टमा रात बिराए ।

प्रचण्डको डिनर :

स्वास्थ्यको ख्याल गर्दै दाहालले बेलुकी भात खाने गरेका छैनन् । दाहाल र पत्नी सीताका लागि रोटी तरकारीको व्यवस्था थियो । बाँकीले भातै खाए । टीम प्रचण्डका लागि भात, रोटी, दाल, चिकन करी, मटन करी र दहीको व्यवस्था गरिएको थियो । दाहाला रोटी तरकारी खाएर कोठामा गए ।

तनाव मत्थर पार्न दहाल प्रधानमन्त्री ओलीसँगको निर्धारित वार्ता छाडेर सुकुटे हान्निएका थिए । तर दाहाल वार्ता बहिष्कार गर्दै रिसोर्ट हिँडे भनेर हल्लाखल्ला भएपछि, ओलीले बोलाइ हाले ।
सोमबार बिहान ओलीसँगको वार्ताका लागि हिँड्नुपर्ने भएपछि उनले ब्रेकफाष्ट मात्रै खाए। रिसोर्ट ले ब्रेकफाष्टका लागि रोटी, अण्डा तरकारी र कफीको व्यवस्था गर्‍यो । रिसोर्ट कर्मचारीले भने “उहाँले अण्डा चाहिँ खानु भएन, अरुले चाहिँ खाए“ । बिहान ८ बजेतिर दाहालको टोली काठमाडौं हिँड्यो ।

कति आयो त बिल ?

ती कर्मचारीले भने, हामीले अरुलाई जस्तै वन नाइट स्टे र बिहानको ब्रेकफाष्टका लागि एक जना बराबर २५ सय रुपैयाँ लिने गरेका छौं । तर उहाँ हाम्रो रेगुलर ग्राहक जस्तै हुनुहुन्छ । त्यसैले एक जना बराबर दुई हजारका दरले लियौं“ । कति २४ हजार लिनुभयो? “हो त्यत्ति नै हो“, ती कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्