बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक शुरु, एमाले ७०–३० को अडानमा, माओवादीले ५०–५० खोज्यो



हाम्रो इकोनोमि

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा सहमति जुटाउने प्रयास हुनेछ । बैठक नौ बजे सुरु हुने भनिएपनि १० बजेमात्रै सुरु भएको हो । आजको बैठक सहमति जुट्न सक्ने भएकाले चासोका साथ हेरिएको छ ।

एकता समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि छन् । तर, आजको बैठकमा नेता खनाल बैठक सुरु हुँदा समेत पुगेका छैनन । एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने भनिएपनि पनि निर्वाचन चिन्ह, जनयुद्ध र  एकातामा सदस्य संख्या कति हुने भन्नेमा दुई दलबीच विवाद छ । यी विषयमा समितिमा सहमति भए एमाले माओवादी एकतामा ब्रेक थु हुनेछ ।

एमाले स्थायी समिति बैठक सकियो, यस्तो भयो निर्णय

नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...