बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक शुरु, एमाले ७०–३० को अडानमा, माओवादीले ५०–५० खोज्यो



हाम्रो इकोनोमि

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा सहमति जुटाउने प्रयास हुनेछ । बैठक नौ बजे सुरु हुने भनिएपनि १० बजेमात्रै सुरु भएको हो । आजको बैठक सहमति जुट्न सक्ने भएकाले चासोका साथ हेरिएको छ ।

एकता समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि छन् । तर, आजको बैठकमा नेता खनाल बैठक सुरु हुँदा समेत पुगेका छैनन । एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने भनिएपनि पनि निर्वाचन चिन्ह, जनयुद्ध र  एकातामा सदस्य संख्या कति हुने भन्नेमा दुई दलबीच विवाद छ । यी विषयमा समितिमा सहमति भए एमाले माओवादी एकतामा ब्रेक थु हुनेछ ।

एमाले स्थायी समिति बैठक सकियो, यस्तो भयो निर्णय

नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...