ओली सरकारको गृहमन्त्रीले नै उडाए खिल्ली,पुलिस संगै बसेर भात खाएको पनि उपलब्धीको सुचीमा अटाए



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको सोमबार ५० दिन पूरा भएको छ। उनको सचिवालयले ५० दिनमा गरेका महत्वपूर्ण ५० कामका विवरण सोमबार सार्वजनिक गरेको छ।

गृहमन्त्री बादलले ५० दिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक चयनदेखि हाकिम सेवामा रहेका प्रहरी अधिकारी फिर्ता बोलाउनेसम्म काम गरेको सचिवालयले जनाएको छ।

यस्तै आफू आवतजावत गर्दा अत्यावश्यक बाहेकको अवस्थामा साइरन नबजाउन दिएको निर्देशन समेत उनका ५० कामको सूचीमा अटाएको छ। गृहमन्त्रीले महानगरीय प्रहरी वृत्त अनामनगरमा प्रहरी जवानसँग बसेर खाना खाएको तथा आवश्यक निर्देशन दिएको समेत उनका ५० दिनका ५० काममा अटाएका छन्।

यस्तै मन्त्रालयमा उपसचिवको नेतृत्वमा शान्ति प्रवद्र्धन शाखाको स्थापना गरेर सशस्त्र द्वन्द्वका क्रममा सहिद, बेपत्ता भएकाहरुको परिवार र घाइतेहरुको माग सम्बोधन कार्य सुरु भएको जनाएको छ।

गृहमन्त्री बादलले गत फागुन १४ गते कार्यभार सम्हालका थिए। गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा उनले गरेका कामको फेहरिस्त यस्तो छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...