सात महिना देखी श्रीमती झैँ गरी संगै राखेकी युवतीको हत्या गर्ने तामांगको यसरी कसियो पाता



हाम्रो इकोनोमि

काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन्।
गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भई हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या गरेर हिँडेका तामाङलाई सोमबार बिहान साढे सात बजे प्रहरीले पक्राउ गरेको हो।

प्रवक्ता प्रनाउ मोहन कुमार थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका तामाङ र बिक दुबै ज्याला मजदुरी गर्ने हुन्। तामाङ मिस्त्रि हुन् भने विक लेबरको रूपमा काम गर्दै आएकी थिइन्।

स्थानीयकै सूचनाका आधारमा धापासी कृष्ण मन्दिर आसपासमा प्रल्हाद केसीको घरमा डेरा गरेर बस्ने तामाङललाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
युवतीको टाउकोमा ढुंगाले लागेर गहिरो चोट छ। मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...