इंगलिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई, म्यान्चेस्टर युनाइटेड स्तव्ध



हाम्रो इकोनोमि

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै लिग तालिकाको पुछारमा रहेको वेष्टब्रोमसँग पराजित भएपछि सिटीले पाँच खेल अगावै उपाधिमाथि कब्जा गरेको हो ।

युनाइटेडलाई अप्रत्यासित हार चखाउन वेष्टब्रोमका जय रोड्रिग्वेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए ।

लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा सिटीभन्दा १६ अंकले पछि छ ।

घरेलु मैदानमै लिगको पुछारमा रहेर रेलिगेशन कुरिरहेको वेष्टब्रोमसंग हार बेहोरेपछि प्रशिक्षक जोजे मौरिन्होको दिनगन्ती सुरु भएको बताइन्छ ।

३३ खेलमा २८ जित, ३ बराबरी र २ वटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो ।

हारपछि भने युनाइटेडको दोस्रो स्थान पनि सुरक्षित देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...