प्रचण्डसंग वान टु वान वार्ता गर्दै ओलीले किन बोलाए साँझ ५ बजे एमाले स्थायी कमिटी बैठक,यस्तो छ कारण



हाम्रो इकोनोमि

नेकपा एमाले स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्दैछ।
पार्टी एकता प्रक्रियामा गतिरोध पैदा भइरहेको समय एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। श्रेष्ठका अनुसार बैठकले पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डामा समेत छलफल गर्नेछ।

एकीकृत पार्टीको सांगठनिक संख्याको विषयमा कुरा नमिल्दा एमाले र माओवादीबीच एकता प्रक्रिया रुमल्लिइरहेको छ। माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा बराबरी हिस्सा खोजेपछि पछिल्लो असमझदारी सतहमा आएको थियो। दुई वाम गठबन्धन माओवादी केन्द्र र एमालेबीच बैसाख ९ गते पार्टी एकता गर्ने सहमति बनेको थियो।

पछिल्ला दिन बढेको असमझदारी हटाउन अहिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली निवास बालुवाटारमा अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...