प्रचण्डसंग वान टु वान वार्ता गर्दै ओलीले किन बोलाए साँझ ५ बजे एमाले स्थायी कमिटी बैठक,यस्तो छ कारण



हाम्रो इकोनोमि

नेकपा एमाले स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्दैछ।
पार्टी एकता प्रक्रियामा गतिरोध पैदा भइरहेको समय एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। श्रेष्ठका अनुसार बैठकले पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डामा समेत छलफल गर्नेछ।

एकीकृत पार्टीको सांगठनिक संख्याको विषयमा कुरा नमिल्दा एमाले र माओवादीबीच एकता प्रक्रिया रुमल्लिइरहेको छ। माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा बराबरी हिस्सा खोजेपछि पछिल्लो असमझदारी सतहमा आएको थियो। दुई वाम गठबन्धन माओवादी केन्द्र र एमालेबीच बैसाख ९ गते पार्टी एकता गर्ने सहमति बनेको थियो।

पछिल्ला दिन बढेको असमझदारी हटाउन अहिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली निवास बालुवाटारमा अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...