रामचन्द्रलाई वनबास पठाउन देउवाले हान्दैछन् यस्तो जाल,पदाधिकारी नियुक्तिमा यसरी हुदैछ एकलौटी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ रणनीति बुन्दै पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधी र पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन लागेका छन् ।

त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी भइरहेको छ । यसअघि मिन विश्वकर्मालाई सहमहामन्त्री बनाउन खोजे पनि देउवा गुटभित्रै सहमत नभएको बताइएको छ ।

यता रामचन्द्र पौडेलले सह महामन्त्रीमा आफ्नो पक्षको नेतालाई नियुक्ति गर्न दबाब दिइरहेका छन् । तर सहमहामन्त्री पौडेल पक्षलाई बनाउँदा पदाधिकारीतर्फ आफू अल्पमतमा पर्ने भएपछि पौडेलको माग पुरा गर्ने स्थितीमा छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको दुई वर्षपछि पार्टी पदाधिकारी मनोयनको तयारी थालेका हुन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको भन्दै पार्टी्भित्र चर्को आलोचना हुँदै आएको थियो ।

स्थगित भएको केन्द्रिय समिति बैठक पुनः सुरु भएपछि सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । बैठकबाट पदाधिकारी मनोयनसँगै महासमिति भेलाको मिति तय गर्ने र विधान मस्यौदा समिति बनाउने तयारी छ ।

गत चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण आइतबारदेखि स्थगित छ ।

केन्द्रीय सदस्यहरू बोलिसकेपछि देउवाले पदाधिकारी मनोयन प्रस्ताव बैठकमा पेस गर्ने तयारी गरिरहेका स्रोतहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...