रामचन्द्रलाई वनबास पठाउन देउवाले हान्दैछन् यस्तो जाल,पदाधिकारी नियुक्तिमा यसरी हुदैछ एकलौटी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ रणनीति बुन्दै पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधी र पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन लागेका छन् ।

त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी भइरहेको छ । यसअघि मिन विश्वकर्मालाई सहमहामन्त्री बनाउन खोजे पनि देउवा गुटभित्रै सहमत नभएको बताइएको छ ।

यता रामचन्द्र पौडेलले सह महामन्त्रीमा आफ्नो पक्षको नेतालाई नियुक्ति गर्न दबाब दिइरहेका छन् । तर सहमहामन्त्री पौडेल पक्षलाई बनाउँदा पदाधिकारीतर्फ आफू अल्पमतमा पर्ने भएपछि पौडेलको माग पुरा गर्ने स्थितीमा छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको दुई वर्षपछि पार्टी पदाधिकारी मनोयनको तयारी थालेका हुन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको भन्दै पार्टी्भित्र चर्को आलोचना हुँदै आएको थियो ।

स्थगित भएको केन्द्रिय समिति बैठक पुनः सुरु भएपछि सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । बैठकबाट पदाधिकारी मनोयनसँगै महासमिति भेलाको मिति तय गर्ने र विधान मस्यौदा समिति बनाउने तयारी छ ।

गत चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण आइतबारदेखि स्थगित छ ।

केन्द्रीय सदस्यहरू बोलिसकेपछि देउवाले पदाधिकारी मनोयन प्रस्ताव बैठकमा पेस गर्ने तयारी गरिरहेका स्रोतहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...