सुकुटे पुगेर फ्रेस भएका प्रचण्ड ओली भेट्न बालुवाटारमा,पार्टी एकताबारे आज यसरी हुदैछ ‘क्लियर’कुरा



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच वान टु वान वार्ता सुरु भएको छ ।

पार्टी एकताको विषयलाई अन्तिम टुङ्गो लगाउन भन्दै दुवै दलका अध्यक्षहरु वान टु वान वार्तामा जुटेका हुन् ।

वार्ता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भइरहेको छ ।

गत बुधबारदेखि लगातार रूपमा स्थगित हुँदै आएको एकता संयोजन समितिको बैठक निश्चित नएका बेला दुई नेता छलफलमा जुटेका हुन् ।

आइतबार बैठक तय भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थगित गरेर सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए ।

सिन्धुपाल्चोकमा रहेका माओवादी केन्द्रका अध्यक्षसँगको परामर्शपछि दुई शीर्ष नेताबीच भेटको कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकीकरणको तयारी भए पनि समय अभाव भएको भन्दै सम्पन्न हुन सकेको थिएन । भ्रमणअघि वैशाख ९ गते एकता घोषणा गर्ने सैदान्तिक सहमति भएको थियो । तर, त्यसयता विवादित विषय मिलाउन शीर्ष नेताबीच कुनै पनि परामर्श हुन सकेको छैन ।

दुई दलबीचमा एकीकरणपछि केन्द्रीय समितिमा हुने प्रतिनिधित्वको गर्ने अनुपात, विधानको प्रस्तावनामा प्रयोग हुने राजनीतिक शव्दावली, चुनाव चिह्न लगायतका विषयमा सहमति भएको छैन ।

विधानमा जनयुद्ध शब्द लेखेर जानु पर्ने माओवादीका प्रस्ताव छ । जसमा एमाले सकारात्मक छैन । चुनाव चिह्नमा दुबै दलले आ–आफ्नो चिह्नमा दाबी गरिरहेका छन् ।
केन्द्रीय समितिमा माओवादीले ५०–५० को अनुपात दाबी गरे पनि एमाले भने निर्वाचन परिणामलाई आधार मान्नुपर्ने पक्षमा छ ।

ओली र प्रचण्डको आजको भेटले धेरै गाँठो फुकाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...