सुकुटेबाट प्रचण्ड सिधै बालुवाटारमा, एकताबारे आज फाईनल, वैशाख ९ मा एकता हुनेमा शंका



हाम्रो इकोनोमि

आराम गर्न हिजो साँझ सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताबारे छलफल गर्न त्यहाँबाट बालुवाटार प्रस्थान गरिसकेका छन् ।अध्यक्ष प्रचण्डसँगै रहेका माओवादी केन्द्रका नेता अग्नि सापकोटाले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रचण्ड ओलीसँग निर्णायक वार्ता गर्न त्यहाँबाट प्रस्थान गरिसकेका छन् ।

नेता सापकोटाले दिएको जानकारी अनुसार प्रचण्डले एकताबारे चार वटा एजेण्डा लिएर त्यहाँबाट हिँडेका छन् । जस अनुसार सम्मानजनक एकता, कार्यकारी अधिकारसहितको अध्यक्ष, ओलोपालो प्रणालीमा प्रधानमन्त्री, दुई चार जना केन्द्रिय समिति तलमाथि भएपनि वडादेखि केन्द्रसम्म ५०५० र सुर्य चिन्हभित्र हँसिया हथौडा हाल्नैपर्ने रहेका छन् । त्यस्तै एकीकृत पार्टीको सैद्धान्तिक विचार जबज र २१ औं जनवादलाई महाधिवेशनबाट टुँग्याउने पनि प्रचण्डको अडान रहेको छ ।एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले आज बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । आजको बैठकमा प्रचण्डले एकताबारे फाईनल कुरा गर्ने मनशाय बनाएको नेता सापकोटाले जानकारी दिए ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ । ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...