सुकुटेबाट प्रचण्ड सिधै बालुवाटारमा, एकताबारे आज फाईनल, वैशाख ९ मा एकता हुनेमा शंका



हाम्रो इकोनोमि

आराम गर्न हिजो साँझ सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताबारे छलफल गर्न त्यहाँबाट बालुवाटार प्रस्थान गरिसकेका छन् ।अध्यक्ष प्रचण्डसँगै रहेका माओवादी केन्द्रका नेता अग्नि सापकोटाले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रचण्ड ओलीसँग निर्णायक वार्ता गर्न त्यहाँबाट प्रस्थान गरिसकेका छन् ।

नेता सापकोटाले दिएको जानकारी अनुसार प्रचण्डले एकताबारे चार वटा एजेण्डा लिएर त्यहाँबाट हिँडेका छन् । जस अनुसार सम्मानजनक एकता, कार्यकारी अधिकारसहितको अध्यक्ष, ओलोपालो प्रणालीमा प्रधानमन्त्री, दुई चार जना केन्द्रिय समिति तलमाथि भएपनि वडादेखि केन्द्रसम्म ५०५० र सुर्य चिन्हभित्र हँसिया हथौडा हाल्नैपर्ने रहेका छन् । त्यस्तै एकीकृत पार्टीको सैद्धान्तिक विचार जबज र २१ औं जनवादलाई महाधिवेशनबाट टुँग्याउने पनि प्रचण्डको अडान रहेको छ ।एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले आज बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । आजको बैठकमा प्रचण्डले एकताबारे फाईनल कुरा गर्ने मनशाय बनाएको नेता सापकोटाले जानकारी दिए ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ । ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...