महत्वपूर्ण खेल छाडेर गल्फ खेल्दै गार्डिओला



हाम्रो इकोनोमि

२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधिका लागि म्यानचेस्टर सिटीलाई आज राति हुने म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमबिचको खेल महत्वपूर्ण छ । युनाइटेड पराजित भए सिटीले प्रिमियर लिगको उपाधि पक्का गर्नेछ ।

यस्तोमा मानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमबिचको खेल हेनुभन्दा आफू गल्फ खेलेर बस्ने प्रतिक्रिया दिएका छन् ।

उनले महत्वपूर्ण खेल पनि हेर्न छाडेर छोरासँग गल्फ खेल्ने योजना बनाएका हुन् । ‘मलाई लाग्छ युनाइटेडले जित्नेछ । हामी अरुमा होइन आफैमा भर पर्न चाहन्छौँ’ उनले भने ।

युनाइटेड वेष्ट ब्रुमसँग नहारेमा उपाधिका लागि सिटीले एक खेल जित्नुपर्ने छ । शनिबार राति भएको खेलमा सिटीले टोटनहृयामलाई ३-१ ले हराएको थियो ।

अंक तालिकामा सिटी दोस्रो स्थानको म्याचेस्टर युनाइटेडभन्दा १६ अंकले अघि छ । युनाइटेडले लिगमा ६ खेल खेल्न बाँकी छ । सिटीले ५ खेल खेल्न बाँकी छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ३४ खेलबाट ७० अंक रहेको छ ।

वेस्ट ब्रुम अंक तालिकाको पुछारमा छ । ३३ खेलमा ३ खेल जितेर १२ बराबरी गरेको वेस्ट ब्रुमको २१ अंक छ ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...