प्रचण्डले दाह्रा किटेरै भने-वैशाख ९ गते पार्टी एकता हुदैन



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता नहुने संभावन बढेर गएको छ।
दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती (२२ अप्रिल) को अबसर पारेर पार्टी एकता गर्ने घोषणा एक महिनाअघि नै गरेका थिए। तर विगत एकहप्ता अघिदेखि दुईदलका नेताबीच पार्टी एकताको विषयमा संवादसमेत हुन सकेको छैन।

माओवादीले बराबरी हैसियतमा मात्र एमालेसँग पार्टी एकता हुने अडान राख्न थालेपछि एकता प्रक्रिया लम्बिएको श्रोतले जनाएको छ। माओवादी अध्यक्ष प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा एमालेसँग बराबरी हैसियतमा मात्र पार्टी एकता हुने अभिव्यक्ति दिँदै आएका छन्।

पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो।

मिल्न बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने भनिए पनि विगत एक सातादेखि छलफल समेत हुन सकेको छैन। दुईदलले एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापाको नेतृत्वमा दुबै पार्टीका नेता सम्मिलित कार्यदल गठन गरेका थिए।

यस अघि प्रधानमन्त्रीको भारत भ्रमणअघि दुवै दलले एकता घोषणा गर्ने तयारी गरेका थिए। तर अहिले आएर नेताहरुको व्यवस्थापन, चुनाव चिन्ह र जनयुद्धको विषयमा कुरा नमिल्दा एकता लम्बिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...