प्रधानमन्त्री ओलीले नयाँ वर्षकै दिन गरे यस्तो संकल्प,यसरी हुने भयो मुलुकको कायाकल्प



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि नै विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्।

हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैँ पछाडि रहन नसक्ने बताए । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौँ ।’’

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताए । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ’’, उनले भने, ‘‘सबै ठाउ“को महत्व आ–आफ्नै छ ।’’

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए ।

कर्णालीबाट जडिबुटिको प्रबर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...