झापा कांग्रेसका सचिवलाई भारतको अस्पतालले गलत अप्रेसन गरेर यसरी मारिदियो



हाम्रो इकोनोमि

मुम्बईको क्यान्सर अस्पतालले गलत शल्यक्रिया गरिदिएका कारण नेपाली कांग्रेस झापाका सचिव लक्ष्मण खड्काको ज्यान गएको उनका परिवारका सदस्यले बताएका छन्।

खड्काको बिहीबार राति दिल्लीमा भएको असामयिक निधन भएको हो। ४६ वर्षीय खड्काको फोक्सोमा ट्युमर पलाएको र क्यान्सर संक्रमण सुरु भएको प्रारम्भिक ठम्याईपछि उनी उपचारका लागि भारतको मुम्बई गएका थिए।

त्यहाँको क्यान्सर अस्पतालमा उपचारार्थ भर्ना भएका खड्काको फोक्सोको देब्रे भागमा पलाएको ट्युमर शल्यक्रिया गरेर निकाल्नु पर्नेमा दाहिनेतर्फको भाग काटिएका कारण उपचार सम्भव नभई उनको मृत्यु भएको उनका दाजु हेम खड्काले बताए।

उपचारमा लापरबाही गर्ने सो अस्पतालले त्यहाँ भएको लापरबाहीको क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिने मौखिक सहमति गरेको भए पनि सहमतिपत्रमा हस्ताक्षर नभएका कारण अहिलेसम्म प्राप्त नभएको लक्ष्मणका दाजु हेमले बताए।

सो सहमतिको समयमा कांग्रेस झापाका सभापति उद्धब थापासमेतको मुम्बई गएका थिए।

मुम्बई अस्पतालले फोक्सोको संक्रमित भागको साटो अर्को भाग काटेर फालिदिएपछि उपचारका लागि भारतको राजधानी नयाँदिल्लीस्थित गंगाराम मेमोरियल अस्पतालमा लगिएका खड्काको उपचारकै क्रममा बिहीबार साँझ निधन भएको हो।

आफ्नो अस्पतालबाट भएको गल्ती स्वीकार गर्दै मुम्बई क्यान्सर अस्पतालले दाहिने भागको घाउ पूर्णरुपमा निको भएपछि मात्र कम्तीमा ६ महिनापछि ट्युमर फाल्नु उपयुक्त हुने सुझाब दिएको थियो।

तर गंगाराम मेमोरियल अस्पतालमा खड्काको फोक्सोमा पलाएको ट्युमरको शल्यक्रिया गरी निकालियो। गंगाराम मेमोरियल अस्पतालले पनि मुम्बई अस्पतालको सुझावको अवज्ञा गर्दै फेक्सोमा पलाएको ट्युमर काटेर फालिदिएको हेम खड्काले बताए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...