बाबु गृहमन्त्री बादललाई दुध खुवाउने,छोरा चै बादलको ड्राइभर भएर डेढ करोड ठगेर यसरी दुनिया रुवाउने



गृहमन्त्री रामबहादुर थापा बादलका एक ड्राइभरले विभिन्न काम गरिदिने भन्दै ३ जना सर्वसाधारणको डेढ करोड ठगी गरेका छन । बादल लगायत माओवादीका उच्च नेतासँग सम्पर्क रहेको भन्दै कृष्णबहादुर तिमल्सिना खत्रीले काभ्रे, मकवानपुर र काठमाडौंका ३ जना व्यक्तिको उक्त रकम ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान ब्युरोमा परेको हो ।

पाँच/छ वर्षदेखि बादलका ड्राइभर रहेका कृष्णबहादुर तिमल्सिना खत्रीले बद्रीप्रसाद दाहाल काभ्रे, मिनाकुमारी थापा काभ्रे र रामबिक्रम खड्का काठमाडौंका १ करोड ५१ लाख ठगी गरेका हुन । उनले दाहाल, थापा र खड्काको जग्गा समेत आफ्नो नाममा बनाएका छन । हाल उनी गृहमन्त्री बादलका सचिवालयमा रहेको बताउँछन् ।

माओवादी उच्च नेतासँगको कनेक्सन ! तिमल्सिना खत्री लामो समयदेखि ड्राइभर काम गर्दै आएका ब्यक्ति हुन । उनी २०६५ सालपछि माओवादी पार्टीमा जोडिएका थिए । त्यही बेलामा जग्गा कारोबार गरेका उनको भेट ललितपुर देवीचौरबाट काभ्रे बसाइँसराइ गरेका बद्रीप्रसाद दाहालसँग भएको थियो । सामान्य चिनजानपछि दाहाल र तिमल्सिनाले मिलेर केही जग्गाको काम गरेका थिए । दुईटा जग्गाको काम गरेपछि तिमल्सिना केही समय काभ्रे गएनन ।

ठगी धन्दा १ सिआइबीमा परेको उजुरीमा तिमल्सिना खत्रीले २०७१ सालदेखी ठगी गरेको उल्लेख गरिएको छ । रामेछाप जिल्ला साबिकको हिलदेवी गाबिस वार्ड नम्बर ७ स्थायी घर भएका तिमल्सिनाले असार महिनामा काभ्रेका बद्रीप्रसाद दाहाललाई बैङ्कबाट ऋण दिलाइदिने भन्दै दाहालको चितवनमा रहेको दुईवटा गरेर १ बिगाह जग्गा आफ्नो नाममा पास गराएका थिए । त्यतीबेला आफू माओवादीको उच्च नेतासँगको सम्पर्कमा रहेको र बैंकबाट पैसा निकाल्न सकिने भन्दै तिमल्सिना खत्रीले त्यसका लागि कोल्याटर (जग्गा) राख्नु पर्ने बताएपछि पैसा आउँछ भने आफ्नो नाममा चितवनमा रहेको जग्गा बैंकमा राख्न तयार भएर दुबैजना चितवन गएका थिए ।

बैंकमा गएर कुरा मिलाइ ऋण दिने तर जग्गा कृष्णबहादुर तिमल्सिनाको नाममा चाहिने बैंकका कर्मचारीले बताएपछि बैंककै कर्मचारीको विश्वासमा दाहालले उनको नाममा रहेको चितवन जिल्ला साविकको भण्डारा गाबिस वार्ड नम्बर ३ मा दर्ता श्रेस्ता रहेको कित्ता नम्बर ५०६ को नौ कट्ठा १३ धुर र कित्ता नम्बर ५७८ को दस कठ्ठा आठ धुर गरि जम्मा एक बिगाह एक धुर जग्गा तिमल्सिनाको नाममा पास गरिदिएको बताउँछन् । तर जग्गा पास गरेपछी तिमल्सिनाले कुनै ऋण नमिलाइ एक महिना सम्पर्क बिहिन भएका थिए । त्यसपछि दाहालका छोराहरुले अंश मुद्दा हालेर उक्त जग्गा किनबेच गर्न रोक्का गराएपछि त्यो सूचना थाहा पाएर तिमल्सिना फेरि सम्पर्कमा आएका थिए ।

फेरि जालझेल ! तिमल्सिनाले जग्गामा मुद्दा परेको मिलाउन भन्दै दाहाललाई सम्पर्क गरेर भेटेका थिए । उनले जग्गा बेच्न नयाँ प्रस्ताव ल्याएको दाहालका छोरा सिताराम दाहालले बताए । चितवनको उक्त जग्गामा नक्कली जग्गा किन्ने ब्यक्ति खडा गरेर फेरि तिमल्सिनाले ९१ लाख ७५ हजार नगद लिएको सितारामले बताए । रोक्का गरेको जग्गाको मुद्दा हारेपछि जग्गाको मुद्दा तिमल्सिनाले जितेपछि जग्गा गुम्न नदिन उनको कुरा मान्दै जादा ९१ लाख ७५ हजार नगद हिमालयन बैंकमा जम्मा गरेको सितारामले रसिद नै देखाए ।

फेरि अर्को झुठ एकपछि अर्को गर्दै पैसा ठगी गर्दै आएका कृष्णबहादुर तिमल्सिना खत्रीले फेरि चितवनको बद्री दाहालको जग्गामा ठगीको नयाँ योजना बुने, उनले जग्गा बिक्री गर्न नुवाकोट घर भएका रामचन्द्र गिरीलाई नक्कली जग्गा किन्ने ब्यक्ति बनाइ दाहालसँग कुरा गराए ।

जग्गाको हालको मूल्य अनुसार १ करोड पैसठ्ठी लाख तिर्न जग्गा किन्न गिरी तयार भएको बताए । तर, गिरीले जग्गाको पूरै मूल्य चुक्ता ४/५ दिनपछि गर्ने जग्गा पास पहिला गर्नुपर्ने सर्त अघि सारे । फसेको जग्गा लिनको लागि दाहाल परिवारले रोक्का जग्गा फुकुवा मात्रै गरेनन आजसम्म लागेको भनिएको तिमल्सिनाको सबै रकम गरेर जम्मा ९१ लाख ७५ हजार हिमालयन बैंक, पुल्चोक शाखाबाट कृष्णबहादुर खत्रीको नाममा रहेको बैंक खातामा हाली दिएका थिए । तर, उक्त पैसा दिएपछि तिमल्सिना फरार रहेका थिए । त्यसपछि दाहाल परिवारले ठगिएको थाहा पाए दाहालसँग मात्रै उनले एक करोड ४० लाख ठगेका छन ।

यसै गरि काभ्रेकै मिनाकुमारी थापाको छोरालाई प्रहरी असई बनाउने भन्दै तिमल्सिनाले नगद ५ लाख रकम लिएर ठगी गरेको प्रहरीमा उजुरी छ ।

ठगी धन्दा २ तिमल्सिनाले ठगीको नयाँ शैली अपनाएका छन । उनी राजनीतिक पहुँच रहेको भन्दै कसैलाइ लोन दिलाउने, कसैलाइ असइ बनाइदिने कसैलाइ जग्गा किनबेच गराइदिने भन्ने कुरा गरेर ठगी गर्दै आएका छन । उनले हेटौंडाको जङ्गल समेत माफियासँग मिलेर बेच्ने योजना बनाएका थिए ।

काभ्रे जिल्ला साबिकको महेन्द्रज्योती गाबिस वार्ड नम्बर ९ मा रहेको मिनाकुमारी थापाको नाममा रहेको कित्ता नम्बर ७३ को एक रोपनी पाँच आना जग्गा पनि किन्छु भनेर बैना गरि आफ्नो तिमल्सिनाको नाममा राजीनामा गराइ पछि फेरि नकिन्ने भनेर फिर्ता नगरेको उजुरीमा जनाइएको छ ।

यसैगरी ३५ हजारको बाख्रा किनेर त्यसको पैसा समेत तिमल्सिनाले थापालाई तिरेका छैनन । यस बारेमा माओवादी मुख्यालय पेरिसडाडामा माघ २८ गते उजुरी दिए पनि कुनै सुनुवाइ भएको छैन ।

ठगी धन्दा ३ तिमल्सिनाले ठगी गरेका अर्का ब्यक्ति हुन राम बिक्रम खड्का । उनको पनि जग्गा किन्छु भनेर ११ लाख रुपैयाँ उनले तिरेका छैनन । तिमल्सिना अहिले गृहमन्त्री बादललाई दूध पुर्याउने काम गर्छन भने उनका छोराले बादलको श्रीमतीको गाडी चलाउदै आएका छन । यस बिषयमा सिआइबीले कृष्णबहादुर तिमल्सिना खत्रीसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएका छैनन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्