भारत जानु अघी बाबुरामले ओली सरकारको सबै सम्पत्ति फिर्ता गरिदिए,यसो गर्न जाँदैछन् भट्टराई भारत



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज शुक्रबार भारत जाँदैछन्।
अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर जान लागेका हुन्। संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयबारे त्यहाँ प्रशिक्षण दिनेछन्।

संयोजक भट्टराई भारतमा एक साता रहनेछन्। त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन्। संयोजक भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडू लगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्ने कार्यक्रम छ।

उनले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन भ्रमण गर्नेछन्। उनले विशेषतस् दक्षिण भारतको विकाससम्बन्धी अध्ययनका साथै महत्वपूर्ण पर्यटकीय स्थानको समेत अवलोकन गर्ने बताइएको छ।
८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानेछन्।
संयोजक भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किनेछन्।

यता पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीको हैसियतमा पाएका सबै सुरक्षाकर्मी सरकारलाई फिर्ता गरेका छन्।

शान्ति प्रक्रियामा आएसँगै सुरक्षा घेरमा रहँदै आएका डा। भट्टराईले आज औपचारिक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकुडीलाई बिदाई गरेका हुन्।
भट्टराईलाई नयाँ शक्ति गठन गर्नुभन्दा अगाडि सरकारले माओवादीको उच्च नेतृत्वको हैसियतमा सुरक्षा प्रदान गर्दै आएको थियो।

पछिल्लो समय भट्टराईको सुरक्षामा सरकारले २९ जना सुरक्षाकर्मी खटाउँदै आएको थियो।
हाल भट्टराईको सुरक्षाका लागि नेपाल प्रहरीबाट १० र सशस्त्र प्रहरीबाट १९ जना गरी २९ जना सुरक्षाकर्मी तैनाथ थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...