वडाअध्यक्षको कार्यकक्ष कस्ले बनायो यसरी खरानी,राज्यको कति भयो हानी?



हाम्रो इकोनोमि

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेको वडा कार्यालयमा आगजनी भएको छ ।

पातिहान्लास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी भएको हो । वडाअध्यक्षको कार्यकक्षमा भएको आगजनीबाट कम्प्युटर, फर्निचरसहितका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।

आगजनी कसले र किन गरेको भन्ने बारेमा खुलेको छैन् । गुर्भाकोट नगरपालिका–४ का वडाअध्यक्ष प्रसन्न शाहले आगजनी कसले गरेको भन्ने बारेमा जानकारी नभएको बताए ।

‘कार्यालयको मुल गेट र कार्यकक्षको ताला तोडिएको छ’ वडाध्यक्ष शाहले आरोप लगाउँदै भने, ‘काम गरेको मन नपराउने विपक्षी पार्टीका कार्यकर्ताको काम हुनसक्छ ।’

आगजनीबाट करिब पाँच लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । वडा कार्यालयमा आगजनी भएसँगै वडाबासीले तत्काल आवश्यक छानबिन हुनुपर्ने माग राखेका छन् ।

विमानस्थलमा दुई केजी सुनसँगै समातिए दुई भारतीय

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैधरुपमा नेपाल ल्याइएको दुई केजी सुन प्रहरीले बरामद गरेको छ। दुवईबाट ल्याइएको दुई सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट सहजै सुनको तस्करी हुने गरेको बताएपछि अध्यागमनले विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरेको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...