३३ किलो सुन तस्करी काण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु



हाम्रो इकोनोमि

महानगरीय प्रहरी बृत सिंहदरवारमा एक अभियुक्तको मृत्यु भएको छ। बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीलार्इ प्रहरीले ३३ किलो सुन काण्डमा पक्राउ गरेको थियो।

मृत चौधरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। विमानस्थलबाट सुन तस्करीमा तस्करहरूलार्इ सहयोग गरेको अभियोगमा चौधरीलार्इ सीअार्इबीले पक्राउ गरेको थियो।

अनुसन्धानका लागि महानगरीय प्रहरी बृत सिंहदरवारमा राखिएका उनको रहस्मय तरिकाले मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...