यी कांग्रेसीले आफुलाई विप्लव माओबादी भन्दै २ करोड मागे,जवाफमा प्रहरीले खोरमा जाक्यो



हाम्रो इकोनोमि

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता हौं भन्दै व्यवसायीलाई धम्काएर २ करोड माग्ने ४ जना पक्राउ परेका छन्। नेपाल तरुण दलका नेता चेत बहादुर गुरुङसहितका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा गोरखाका व्यवसायी सोम बहादुर गुरुङ, वीर बहादुर गुरुङ र गोरखाकै सुनिल ढकाल छन्। वीरबहादुर पेट्रोल पम्पमा काम गर्ने व्यक्ति हुन् भने ढकाल बसका सहचालक हुन्।
घटनाका मुख्य योजनाकारण चेतबहादुर भएको र उनी तरुण दलको केन्द्रीय महाधिबेशन प्रतिनिधि रहेको सिआईबीले जनाएको छ।

वीर बहादुरलाई भारतमा पठाएर सो समूहले भारतीय नम्बरबाट धम्काएर पैसा मागेको थियो। पक्राउ परेका ढकाल संयुक्त यातायातका सहचालक हुन्। उनीहरुले खुशीबु बस्ने एक धनाढ्य जग्गा व्यवसायीलाई धम्काएर पैसा असुल्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...