यी कांग्रेसीले आफुलाई विप्लव माओबादी भन्दै २ करोड मागे,जवाफमा प्रहरीले खोरमा जाक्यो



हाम्रो इकोनोमि

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता हौं भन्दै व्यवसायीलाई धम्काएर २ करोड माग्ने ४ जना पक्राउ परेका छन्। नेपाल तरुण दलका नेता चेत बहादुर गुरुङसहितका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा गोरखाका व्यवसायी सोम बहादुर गुरुङ, वीर बहादुर गुरुङ र गोरखाकै सुनिल ढकाल छन्। वीरबहादुर पेट्रोल पम्पमा काम गर्ने व्यक्ति हुन् भने ढकाल बसका सहचालक हुन्।
घटनाका मुख्य योजनाकारण चेतबहादुर भएको र उनी तरुण दलको केन्द्रीय महाधिबेशन प्रतिनिधि रहेको सिआईबीले जनाएको छ।

वीर बहादुरलाई भारतमा पठाएर सो समूहले भारतीय नम्बरबाट धम्काएर पैसा मागेको थियो। पक्राउ परेका ढकाल संयुक्त यातायातका सहचालक हुन्। उनीहरुले खुशीबु बस्ने एक धनाढ्य जग्गा व्यवसायीलाई धम्काएर पैसा असुल्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...