गाईलाई काट्न भन्दै इयुले तराईमा खटायो प्रतिनिधी,यी हुन नेपाली एजेण्ट,ओली सरकारले भाटा हान्ने



हाम्रो इकोनोमि

नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाइछाडेको युरोपियन युनियनले पछिल्लो गाईलाई राष्ट्रिय जनावरबाट हटाउन खेल थालेको छ। केही दिनअघि प्रदेश ३ की उपसभामुख राधिका तामाङ्गलाई उचालेर गाई काट्न पाउनुपर्ने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने जबरजस्त बहस सिर्जना गराएको इयुले अहिले तराईमा आफ्ना प्रतिनिधी पठाएको छ। प्रदेश ३ मा असफल भएपछि इयुले आफ्ना नेपाली एजेण्टलाई तराईमा परिचालन गरेर गाई काट्नु पाउनुपर्ने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने बहस सिर्जना गर्न खोजेको छ । खासगरी तराईका मुस्लिम र क्रिश्चियनलाई उचालेर यो अभियानलाई अघि बढाउने इयुको योजना छन्। यसका लागि इयुले अधिकारकर्मीको खोल ओडेका केही स्वघोषित अगुवालाई जिम्मेवारी दिएको छ।

यसअघि तराईमा राहत बाड्ने नाममा जबरजस्ती धर्म परिवर्तन गराउन भुमिका खेलेको भनेर विवादमा तानिएका कथित विश्लेषक तुलनारायण साह र उनकी पत्नी (कथित महिला अधिकारकर्मी एवं अनुसन्धानकर्ता रिता साह)ले गाई काट्न पाउने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने मिसनको जिम्मेवारी पाएका छन्। जिम्मेवारीसहित मधेस झरेकी रिताले सप्तरीको राजविराजमा सार्वजनिक रुपमै राष्ट्रिय जनावर परिवर्तन गर्नुपर्ने माग गरिन। उनले गाई हिन्दुहरुको लागि पुज्यनिय रहेको तर अरु धर्म मान्नेहरुको लागि नहुने भएकाले राष्ट्रिय जनावरबाट हटाउनुपर्ने तर्क गरेकी हुन्। उनले इयुले एनजिओ मात्र नभई नेपाल सरकार धेरै मन्त्रालय नै चलाइरहेको दाबी गर्दै धर्म परिवर्तनलाई रोक्न नहुने बताइन्। आफै पैसा दिएर धर्म परिवर्तन गराउँदै हिडेको आरोप खेपिरहेकी उनी भन्छिन्– कसैले स्वेच्छाले धर्म परिवर्तन गर्न चाहेमा रोक्नु हुदैन्।

हिन्दू धर्मावलम्वीमाथि प्रहार गर्दै उनले के के भनिन ? हेर्नुस् पूर्णपाठ

‘गाई हिन्दुहरुको लागि पुज्यनिय हुन सक्छ, मुस्लिम र क्रिसचन लगायतका धर्महरुको लागि अर्कै जनावर पुज्यनिय हुन सक्छ, त्यसैले कुनै यस्तो राष्ट्रिय जनावर रोजौं जुन सबै धर्म मान्नेहरुको लागि पुज्यनिय होस्” उनले भनिन्।

गाई काट्ने परम्परा आजदेखिको होइन मुस्लिम धर्ममा यो धेरै पहिला देखि चलिआएको परम्परा हो तर धर्म निरपेक्ष देशमा गाई काटेको आरोपमा पश्चिम नेपालमा धेरै जना मुस्लिम माथि मुद्दा लगाईएको छ र धेरै जना जेलमा छन् । उनीहरुको लागि त्यो राम्रो हो तर अरुको आस्था माथि पर्छ त्यसैले अव यसमा परिवर्तन ल्याउनु पर्छ उनी बताउँछिन्।

संविधान धर्म निरपेक्ष भईसकेपछि पनि पुरानै हिन्दु राजाले ल्याएको परम्पराहरु चलिरहेकोले अव ढाका टोपी, गुन्योचोली, गाई, डाँफे, जस्ता विषयमा पनि परिवर्तन आवश्यक रहेको उनको तर्क छ ।

नेपालमा आइएनजिओ एनजीओहरु युरोपियन देशहरुबाट पैसा खाएर धर्म परिवर्तन गराउने काममा सक्रिय रहेको भनि यहाँका हिन्दु धर्मगुरुले बेलाबेलामा आरोप लगाउँदै आएको प्रश्नको जवाफमा अधिकारकर्मी एवं अनुसन्धानकर्ता साहले भनिन् “सबैको आ–आफ्नो आरोप छ तर यो देशको बजेट हेर्नुहुन्छ वा विदेशी दाताको लगानी हेर्नुहुन्छ भने यो देशमा युरोपियन युनियनले आइएनजिओ एनजीओहरु मात्रै होईन धैरै मन्त्रालायहरुलाई पनि चलाउँछ ।”

धर्म परिवर्तन गर्नमा युरोपियन युनियन मात्रै होईन अरु पनि कारण रहेको उल्लेख गर्दै गरिवी, भोकमरी र छोराछोरीलाई शिक्षा दिक्षामा अभाव हुने व्यक्तिलाई पैसाको प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गरेको छ ,उनले भनिन् “यसको लागि पनि एउटा निति नियम बन्नु जरुरुी छ, कसैलाई दवाव दिएर धर्म परिवर्तन गराउनु हुँदैन तर कसैले स्वेच्छाले धर्म परिवर्तन गर्न चाहेमा रोक्नु पनि हुदैन् ।”

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...