किर्ते काण्ड लागेका सांसद नवराज सिलवालले सर्वेन्द्र खनाललाई दिए यस्तो उपहार



हाम्रो इकोनोमि

पूर्वडीआईजी नवराज सिलवालले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाई दिएका छन् । एमाले सांसद सिलवालले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दुवै आईजीलाई बधाई दिएका हुन् ।

सिलवाल तिनै हुन् जसले यसअघि आईजीपीमा नियुक्त जयबहादुर चन्दविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उनले सरकारको निर्णय कार्यान्वयन नगर्न भन्दै दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि चन्द आईजीपी बन्नबाट वञ्चित भएका थिए । त्यसपछि निमित्त प्रहरी आईजीमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका थिए । अदालतको मुद्दा किनारा लागेपछि मात्र अघिल्लो देउवा सरकारले प्रकाश अर्याललाई आईजी नियुक्त गरेको थियो ।

तर, आफूसँगैका डीआईजी अर्याल आईजीपी बनेकोमा सिलवालले उनलाई बधाई तथा शुभकामनासमेत दिएनन् । उनले पनि हालका डीआईजी रमेश खरेल जस्तै पदबाट राजीनामा दिएका थिए ।

डीआईजीबाट राजीनामा दिएर उनी एमाले प्रवेश गरी ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पनि भए । तर, अहिलेसम्म डीआईजीको कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको आरोपमा उनी खुलेर हिँड्न सकेका छैनन् । उनीविरुद्ध अदालतमा मुद्दा भए पनि सरकारले कारबाही फिर्ता गरेको छैन । उनीविरुद्धका सबै मुद्दा फिर्ता लिने तयारीमा सरकार लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...