माओको देश चीनमा शक्तिशाली प्रधानमन्त्री भएर यसरी जाँदैछन् ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली वैशाख महिनामा नै चीन भ्रमणमा जाने भएका छन् । गत चैत २३ गते भारत भ्रमणमा निस्किएका ओली तीन दिने भ्रमण पूरा गरी नेपाल फर्किएका थिए । भारतबाट फर्किएलगत्तै ओली चीन भ्रमणमा जाने भएपछि परराष्ट्र मन्त्रालयले पनि तिव्र रुपमा तयारी थालेको हो ।

प्रधानमन्त्री बनेपछि दक्षिण छिमेकबाट विदेश भ्रमण सुरु गर्ने परम्परा जोगाउँदै ओलीले २३–२५ चैत्रमा भारत भ्रमण सम्पन्न गरिसकेका छन् ।

आगामी बैशाखभित्रै ओलीको चीन भ्रमण हुने दावी गर्ने परराष्ट्र स्रोतका अनुसार आगामी हप्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बेइजिङ जानसक्ने सम्भावना छ ।

बैशाख ९ मा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ । प्रधानमन्त्री ओली माओवादी केन्द्रसँगको एकता सम्पन्न गरेर चीन निस्कन चाहन्छन् ।

भारत भ्रमण (२३–२५ चैत्र) मा जानुपूर्वपनि उनी माओवादी केन्द्रसँग एकता गर्न चाहन्थे । तर, तयारी नपुगेका कारण त्यो सम्भव हुन सकेन ।

पार्टी एकता गरेर जाँदा नयाँदिल्लीमा आफ्नो हात बलियो पार्न सकिने ओलीको विश्लेषण थियो । भारत भ्रमणपूर्व माओवादी केन्द्रसँग एकता त हुन सकेन । तर, माओवादी केन्द्र समेतको समर्थनका कारण ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा नयाँदिल्ली प्रस्थान गर्न सके ।

उत्तर छिमेकी चीन नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकताको शुभेच्छुक हो ।
एकिकृत पार्टीको प्रधानमन्त्रीको रुपमा जाँदा ओलीले बेइजिङमा विशेष सम्मान पाउन सक्छन् नै, त्यसो हुँदा वामपन्थी सरकारको सफलता गरी थप सहयोगको वाचा पनि गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...