रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश



हाम्रो इकोनोमि

काठमाडौं, २९ चैत । साविक विजेता रियल मड्रिडसँगै वायर्न म्युनिख ‘च्याम्पियन्स लिग फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा युभेन्टससँग रियल पराजित भए पनि पहिलो लेगको नतिजाका आधारमा रोमाञ्चक जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा गएराति भएको दोस्रो लेगमा ३–१ ले पराजित भएको हो । तर समग्रमा चार–तीन गोलअन्तरले सेमिफाइनलमा स्थान बनाउन रियल सफल भयो ।

उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले ३–० को अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...