धारिलो रमेश खरेललाई यसरी बनाईयो भुत्ते,गृहमन्त्रीलाई डोज र ब्रिफकेस काण्ड बन्यो यस्तो तगारो



दलीय प्रभाव र भ्रष्टाचारमा विगत केही वर्षयता मुछिँदै‌ं आएको प्रहरी नेतृत्व तथा संस्थामा अब एकाएक नैतिकता बहसको विषय बन्न पुगेको छ।
प्रकाश अर्यालले सेवा अवधिका कारण अवकाश पाएपछि प्रहरी नेतृत्वको प्रबल दाबेदार रहेका रमेश खरेलले उक्त अवसरबाट बन्चित भएपछि राज्यको सुखसुविधा मात्र लिनका लागि जागिरमा नझुन्डिने निर्णयका साथ राजिनामा दिएपछि नियुक्तिकर्ता सरकार तथा प्रहरी संस्थाभित्र नैतिकताको बहस चलाउन बाध्य बनाएका छन्।

नेतृत्वबाट बन्चित हुँदा नेपाल प्रहरीमा राजिनामा गर्ने खरेल पहिला ब्यक्ति हुन्, त्यो पनि मुखैमा आएको विशिष्ट श्रेणी (एआईजी) पद लत्याउँदै।

खरेलले भनेँ- मैले विगतमा जे गरे‌ं, नेपाल प्रहरीको अाईजी बन्न पर्याप्त थियो। मलाई पनि आईजी हुनुपर्छ भन्ने थियो। तर हुन सकिँन। यस्तो अवस्थामा मैले संगठनमै रहिरहनु उचित ठानिनँ।

प्रहरी निरीक्षकबाट नायब उपरीक्षक, उपरीक्षक, वरिष्ठ उपरीक्षकमा बढुवा हुँदासम्म पहिलो नम्बरमा रहेका खरेल नौ महिनाअघि नायब महानिरीक्षकमा बढुवा हुँदा दोस्रो नम्बरमा झरेका थिए। दोस्रो नम्बरमा झरेको नौ महिनामै खरेल आइजी नबन्ने निश्चित भयो।

पछिल्ला केही वर्ष उनी गुमनामजस्तै थिए, खासगरी जिल्ला प्रमुखको जिम्मेवारीबाट बाहिरिएपछि। संगङ्ठनभित्र हुने राजनीतिक हस्तक्षेप र भष्ट्रचारविरुद्ध ‘दबङ्ग’रुपमा प्रस्तुत भएपछि उनी स‌ंगठनकै दुर्लभ अधिकृतका रुपमा स्थापित भए।

खासगरी एसपी बनेपछि संगठनमा उनी आदर्श अधिकृत बनेका थिए। त्यतिबेलैदेखि उनलाई प्रहरी संगठनको भावी नेतृत्वका रुपमा हेरिएको थियो। उनले बारम्बार आफू जागिर मात्र खान आएको प्रहरी कर्मचारी नभएकाे बताउँदै आएका थिए।

राजनीतिक दलको हस्तक्षेपविरुद्ध उनको कडा स्वभाव सबैभन्दा प्रशंसनीय पाटो थियो। तर, यही कारण उनी राजनीतिक नेतृत्वको तारो बने। बढुवामा बढुवा समिति र प्रहरी महानिरीक्षकले चुनौतीपूर्ण काम गरेबापत दिने अंक महत्वपूर्ण हुन्छ।

तर दुवै वैज्ञानिक हुँदैनन्। त्यसैले बढुवा समितिले दिने साढे ७ र चुनौतीपुर्ण काम गरेबापत दिइने पाँच अ‌ंकले नै बढुवामा को अगाडि पछाडि हुने भन्ने निर्क्योल गर्दछ। बढुवा समितिले दिने अंकमा राजनीतिक प्रभाव रहन्छ।

महानिरीक्षकले दिने अंकमा समेत उनको स्वविवेकको प्रभाव रहन्छ। खरेल काठमाडौं प्रहरी प्रमुख रहँदा तत्कालीन गृहमन्त्री बामदेव गौतमसँग उनको टसल नै परेको थियो।

गृहमन्त्री गौतमले खरेलले आफूलाई भेट्न नआएको सार्वजनिक वक्तव्य दिएपछि खरेलले त्यसको प्रतिवादमा आफू कुनै राजनितिक दल र नेताको ढोका नचाहर्ने र चाहर्नुपनि आवश्यक नभएको बताएका थिए। पछि उनले मन्त्री उपस्थित कार्यक्रममै एआईजी बन्न मन्त्रीको ढोकामा प्रहरी ब्रिफकेस बाेकेर आउन सक्ने भन्दै सचेत रहन बताएपछि सरकार उनीसामू थप रुष्ट बनेको थियो। त्यसयता उनले महत्वपुर्ण ठाउँमा जिम्मेवारी पाएनन्।

डीआईजीमा बढुवा हुँदा खरेल र खनालबीच एक अंकभन्दा कमको मात्र अन्तर थियो। सर्बेन्द्र खनाल पनि स‌ंगठनका कुशल प्रहरी अधिकृत मानिन्छन्। खरेलले राजिनामा दिने बताएपछि खनालले राजिनामा नदिन खरेललाई आग्रह गर्ने बताएका थिए। तर खरेल आफ्नो निर्णयबाट पछि हटेनन्।

‘ १५/२० वर्ष स‌ंगठनको विभिन्न दर्जामा पहिलो नम्बरमा रहेको ब्यक्ती यसरी राजिनामा दिएर बाहिरिनु पर्ने स्थितीलाई खरेलको स्वविवेकको अधिकार मात्र भन्न मिल्दैन। हाम्रो सिस्टममा कहाँनेर समस्या कहाँनेर छ, त्यसको खोजी गर्नुपर्छ। खरेलले चुपचाप छाडे भनेर खुसी मनाउनु पर्ने अवस्था हैन। स‌ंगठनमा एउटा राम्रो प्रहरी अधिकृतको दुखद बहिर्गमन भन्नुपर्छ यसलाई’ एक पुर्व अाईजी भन्छन्।

नेपाल प्रहरीमा तल्लोतहका कर्मचारीदेखि आईजिपीसम्म भष्ट्रचार र घुसका कारण विवादित र आलोचित छन्। तर खरेलले जहिल्यै ब्यावशायिक आचरण र स‌ंगठन सुधारलाई पहिलो प्राथमिकतामा राखे। सत्ता र राजनितिक दलबाट प्रयोग र परिचालित हुन खोज्ने स‌ंगठनमा खरेल जहिल्यै त्यसको प्रतिपक्षमा रहे।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्