डा. प्रकासशरण र डा. रामशरण बिच भनाभन, दाजुभाईबिच बोलचाल बन्द



हाम्रो इकोनोमि

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे फरकफरक धारणा व्यक्ति गरेका छन् ।

पार्टीका दुई प्रभावशाली नेताद्धय डा.प्रकासशरण महत र डा. रामशरणमहतबिचको धारणा बाझिएको हो ।

पारिवारिक सम्बन्धमा दाजुभाइसमेत रहेका महतद्धयमध्ये प्रकाशले प्रधानमन्त्रीको भारत भ्रमण देशका लागि नभै प्रधानमन्त्री ओलीका लागि व्यक्तिगत रुपमा मात्रै लाभदायक भएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न पत्रकार सम्मेलनमा प्रकाशले नेपाल–भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आइसकेको दाबी गर्दै
प्रधानमन्त्री केपी ओलीको भ्रमण व्यक्तिगत सम्वन्ध सुधारका लागि मात्र भएको बताएका हुन् ।
पूर्व परर्राष्ट्रमन्त्रीसमेत रहेका प्रकाशले केपी ओलीले सत्ताबाहिर हुँदा एउटा र सत्तामा आएपछि अर्को कुरा गर्ने गरेको आरोप लगाए ।

अर्का नेता डा. रामशरणले भने प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रामशरणले अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन भन्दै ओलीको भ्रमणपनि सफल भएको बताएका हुन् ।

“दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...