प्रचण्ड जस्तै ब्यक्ती पर्सामा फेला परे,प्रचण्डसँग अनुहार मिल्दा मात्र रामप्रसादलाई यस्तो हैरानी



हाम्रो इकोनोमि

दुरुस्तै अनुहार र शरीरिक बनोट हुबहु मिल्दा दैनिकजसो पाइने प्रतिक्रियाले धेरै जना भित्रभित्रै मख्ख पर्छन् । नायक नायिका, नेता, प्रधानमन्त्री, राष्ट्रपतिसँग अनुहार मिलेको प्रतिक्रिया पाउँदा को खुसी नहोला र ।

तर ५१ वर्षीय रामप्रसाद उप्रेतीको हकमा स्थिति अलि भिन्न छ । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेको उनको मिल्दोजुल्दो अनुहार र शारीरिक बनोटलाई उनलाई हर्ष न बिस्मात बनाइदिन्छ ।
काभ्रेपलान्चोक स्थायी घर भएका उनी हाल मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टमा सवारी चालक पदमा कार्यरत छन् । उनलाई देख्नेहरूमध्ये अधिकांश झुक्किन्छन् । अनि केही बेर रोकेर गफ गरेपछि सेल्फी लिने इच्छा जाहेर गर्छन् । बजारमा जाँदा होस् वा कुनै सार्वजनिक समारोहमा जाँदा होस् उनलाई घेर्ने बाक्लै हुन्छन् । उप्रेती पनि नाइ भन्न सक्दैनन् । अझ एक्लै पैदल हिँडन त उनलाई झनै मुश्किल हुन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले क्वारर्वार्ती हेर्छन् । ती मध्ये पनि अधिकांशले ‘तपार्इं प्रचण्ड हैन’ भनी सोध्न भ्याइहाल्छन् । उनी जवाफ फर्काउँदा फर्काउँदा हत्तु हुन्छन् । प्रचण्ड भूमिगत कालबाट खुला राजनीतिमा आएको झन्डै डेढ दशकयता उप्रेती यही पीडा भोग्दैछन् ।

हुन त सर्वसाधारण नझुक्किउन पनि किन । उप्रेतीलाई झट्ट हेर्दा उनको प्रचण्डकै जस्तै उचाइ, मोटाइ र अनुहार मात्र छैन । अनुहारमा जुँगा पनि उस्तै, कपाल पनि उस्तै अनि चश्मा र चश्मा लगाउने तरिका पनि करिब उस्तै छ । उनको प्रचण्डसँग आमा र बुवा दुबैतर्फबाट कुनै नाता पनि छैन । सुरुमा उप्रेतीलाई अरूले भनेको कुरोमा उति सारो पत्यार लाग्थेन । २ महिनाअघि आफ्नी नातिनीसँगको एउटा तस्बिर फेसबुकमा पोस्ट गरेपछि प्रचण्डसँग अनुहार मिलेको भनी १ सय ५० भन्दा बढी प्रतिक्रिया आएपछि उनी आफैं छक्क परे ।

१७ वर्षदेखि निरन्तर आयल निगमको जागिरे उनलाई प्रचण्डसँग मिल्दो अनुहारकै कारण विभिन्न हाँस्य टेलिशृंखलाबाट पनि अभिनयको प्रस्ताव आइसकेको छ । ‘के जमाना आ’ र ‘तितो सत्य’ बाट यस्तो प्रस्ताव पाइसकेका उनले जागिरबाट अवकाश लिएपछि मात्र यस्ता प्रस्ताव स्विकार्ने मनस्थिति बनाएको बताए । ‘जागिर हुन्जेल कतैको प्रस्ताव पनि स्विकार्दिन,’ उनले हाँस्दै भने, ‘जागिरबाट अवकाश लिएपछि भने यस्ता प्रस्ताव आइहाले नाइ भन्दिन, समयको पनि सदुपयोग हुने अनि नया क्षेत्रको अनुभव पनि हुने ।’

भूमिगत कालमा हुँदा प्रचण्डको तस्बिर उति सारो सार्वजनिक नभएको, धेरैलाई प्रचण्डको अनुहार बारे थाहै नहुदा उप्रेतीलाई समस्या थिएन । तर भूमिगत कालका प्रचण्डको तस्बिर सार्वजनिक भइदिएको भए बाबुराम भट्टराईका भाइलाई उनका दाजुसँग मिल्दोजुल्दो अनुहारका कारण परेजस्तै समस्या आफूलाई पनि हुन सक्ने उनलाई हेक्का छ । ‘त्यति बेला प्रचण्डको नाम मात्र सुनिन्थ्यो, अनुहार वा उहाँको अस्तित्वबारे नै अनेक अडकलबाजी हुन्थ्यो, त्यसकारण मलाई समस्या भएन,’ उनले भने, ‘तर उहाँको तस्बिर मात्र पनि सार्वजनिक भइदिएको भए, उति मेला मलाई पनि सुरक्षाकर्मीले पक्रेर लग्ने रहेछन् ।’
हालसम्म प्रचण्डसँग भेटघाट नभएकाले उनलाई एकपटक प्रचण्डसँग भेटने इच्छा छ । ‘एकपटक उहाँलाई भेटने इच्छा छ,’ उनले भने, ‘मलाई देखेपछि उहाँको कस्तो प्रतिक्रिया आउँछ, त्यो हेर्ने इच्छा छ ।’

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...