ओली भारतको काखा र आफुहरु पाखा परेको भन्दै राजेन्द्र महतोले आन्दोलन गर्ने भन्दै यस्तो घुर्की लगाए



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले आन्दोलनको चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार गरेको बताउँदै महतोले भने , ‘प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै संसदमा संविधान संशोधन गर्ने वाचा गरेका थिए। सोही सन्देश भारतलाई पनि गएको थियो। अब भारतबाट उहाँ फर्किनु भएको छ, संविधान संशोधनलाई अगाडि बढाउनु पर्छ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधनको कुरालाई नेपाल मै स्वीकार गरेर गएकोले भारतमा ठूलो स्वागत भएको बताउँदै महतोले भने,‘त्यही भएर भारतमा संविधान संशोधन अथवा संविधानको स्वागतको कुरा उठेन। त्यहाँ दुई देशको सम्बन्ध विस्तारको कुरा उठ्यो। त्यो राम्रो हो। तर हाम्रो माग कहीँ कतै छुटेको छैन।’

आफूहरु निरन्तर आन्दोलनमा रहेकोले आन्दोलनबाट नभाग्ने बताउँदै महतोले भने,‘ओलीजीसँग सदनमा दुई तिहाई छ। संविधान संशोधन प्रक्रिया अगाडि बढाइएन भने हामी फेरि आन्दोलन मै जान्छौं। आन्दोलन बाहेकको विकल्प छैन।’

महतोले आफूहरुले आन्दोलनबाटै अधिकार प्राप्त गर्दै आएकोले संशोधनका लागि थप आन्दोलनको तयारी गरिने बताए।

संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने महतोले बताए।

‘ओलीजी भारत भ्रमणबाट आउनु भएको छ। भारत भ्रमणअघि गर्नुभएको प्रतिवद्धता पूरा गर्दै संविधान संशोधन गरे मात्र सरकारमा जाने सम्भावना बढ्नेछ। महतोले भने,‘होइन भने हामी हाम्रो भूमिकामा छँदैछौं।’

अहिले सरकारमा सहभागीका विषयमा कुनै चर्चा नभएको महतोले प्रष्ट पारे। सरकारले चाहेको खण्डमा सरकारमा सहभागिताको कुरा अगाडि बढ्न सक्ने महतोले बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...