भारतमा रहेका प्रधानमन्त्री ओलीको नेपालमा बिरोध भए पछी संसदमै बंगारा खुस्काउने भन्दै को-को कुर्लिए?



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।
प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरे । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र सशस्त्र समूहका नेताहरुलाई वार्तामा ल्याउनु पर्ने माग राखे ।

एमाले सांसद किशोरी साह कमलले प्रदेशसभामा प्रधानमन्त्रीको आलोचना हुन नहुने भन्दै ध्यानाकर्षण गराए ।
तर, उनीपछि बोलेका राजपा सांसद मनिष सुमनले पनि प्रधानमन्त्रीको आलोचना गरे । उनले संघीयता नचाहने व्यक्ति सत्तामा पुगेको तथा पटक पटक मधेसलाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्दा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आपत्ति जनाए ।

राजपा महासचिव समेत रहेका सुुमनले बोहिरहँदा एमालेका सबै सांसदहरु उठेर विरोध गरे । मण्डलले प्रधानमन्त्रीको आलोचना रेकर्डबाट हटाउनु पर्ने माग गरेका थिए ।

सभामुखले मुख्यन्यायाधिवत्ताको सेवा सुविधासम्वन्धी विधेयक पेश गर्न समय दिएपछि मात्र एमाले संसदहरुले विरोध गर्न छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...