नेपालका प्रधानमन्त्रीको परिचय फेरियो,आज बाट ओली यसरी बने डवल डाक्टर



हाम्रो इकोनोमि

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मानार्थ पीएचडीको उपाधि पाएका छन्।
भारतको उत्तराखण्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेको हो।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेशन्सका तत्कालीन निर्देशक रामेश्वर थापा लगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो।

तर पछि विश्वविद्यालय नै फर्जी भएको खुलेपछि मह जोडी, थापा लगायतले उपाधि फिर्ता गरेका थिए। ओलीले भने आफूले कुरा बुझेरै मानार्थ विद्यावारिधि लिएको हुनाले उपाधि फिर्ता नगर्ने बताएका थिए।

यसअघि सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मानार्थ पीएचडीको उपाधि पाएका थिए।

विद्यार्थीको ध्यानाकर्षण गराउन तथा राजनीतिक फाइदाका लागि विभिन्न विश्वविद्यालयहरुले सम्बन्धित व्यक्तिहरुलाई मानार्थ उपाधि दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...