एमाले संग पार्टी एकता नगर्न प्रचण्डले यस्तो फण्डा मच्चाउदै,ओली संग निहुँ खोज्न यस्तो मसला तयार



हाम्रो इकोनोमि

नेकपा एमालेसँग पार्टी एकीकरणको अन्तिम तयारी गरेको माओवादी केन्द्रले नेपाल सरकारका सचिव सरुवाप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीय प्रणालीको झल्को दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि सचिवहरुको सरुवा गरेका थिए ।आफूहरुलाई कुनै जानकारी नदिइ पार्टीले सम्हालेका मन्त्रालयका सचिव सरुवा गरिएकोप्रति माओवादी केन्द्र रुष्ट देखिएको हो ।

सचिव सरुवा भएकै दिन गृहमन्त्री रामबहादुर थापाको घरमा बसेको माओवादी मन्त्रीहरुको बैठकले सचिव सरुवाप्रति गम्भीर असन्तुष्टि जनाएको थियो ।
एमाले र माओवादीबीच वैशाख ९ मा पार्टी एकीकरण गर्ने तयारी भएको नेताहरुले बताइसकेका छन् । तर पार्टी नै एकीकरणको तयारी गरेको माओवादीले सचिव सरुवामा किन आपत्ति गरेको होला ?

‘नेपाल सरकारका सचिवहरु लोकसेवा पास गरेका आएका हुन्, कोही पनि चुनाव जितेर आएका होइनन्,’ एक पूर्वसचिवले भने, ‘राम्रो काम गर्नलाई जुन सचिव भएपनि के फरक पर्छ ?’

एमाले स्रोत पनि सचिव सरुवाको बिषयलाई लिएर माओवादीले आपत्ति गर्नु नपर्ने बताउँछ । ‘हामी १४–१५ दिनपछि पार्टी एकता गर्दैछौं भने सचिव सरुवाको बिषयलाई लिएर असन्तुष्टि लिनुपर्ने कुनै कारण थिएन,’ एमालेका एक नेताले भने ।

विगतमा मन्त्रीहरुले सचिव रोज्ने चलन रहे पनि पछिल्लो पटक प्रधानमन्त्री ओलीले सचिवको सरुवा गरेपछि मात्र मन्त्रीहरुले थाहा पाएका थिए ।

‘प्रधानमन्त्रीज्यूले योग्यता र क्षमताका आधारमा सचिवहरुको सरुवा गर्नु भएको छ, यसमा कसैले गुनासो गर्ने ठाउँ छैन,’ समान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘राम्रो काम गर्ने मन्त्रीहरुलाई सचिवले रोक्दैनन् ।’
तयारी अनुसार पार्टी एकता भएमा अहिले माओवादी रहेका मन्त्रीहरु प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टीमा समाहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...