एक चीन निती बिरुद्द ओलीले ग्यालसेनलाई भारतमा भेटे पछी ओली संग चीन यसरी भयो फायर



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीले स्वतन्त्र तिव्वत पक्षधर मास्टर कर्मा तन्पाइ ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमै भेटेको खुलासा भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई ग्यालसेनले स्वागत गर्ने क्रममा दुतावासमै भेटेकफ तस्विर समेत सार्वजनिक भएको छ।

तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाका निकट अनुयायी मास्टर कर्मा तन्पाइ ग्यालसेनबीच भएको यो भेटको तस्विर सार्वजनिक भएपछि कुटनीतिक वृत्तमा यसको चर्चा व्यापक भएको छ।

केही समय अगाडि एमालेका अध्यक्ष समेत रहेका ओलीलाई मास्टर ग्यालसेनले नेपालमै पनि भेटेर थिए । मास्टर ग्यालेसन नेपाल र भारत दुबैतिर बस्दै बएको बताइन्छ। उनले ओलीसँग निकट सम्बन्ध बनाएको स्रोतको दावी छ ।

ग्यालेनसँगको यो भेटपछि चीनियाँ कुटनीतिज्ञहरुले पनि यसलाई गम्भिरतापूर्वक लिएको बताइन्छ। नेपालले एक चीनको पक्षमा उभ्याउँदै आएको छ। चीन विरोधी गतिविधीलाई नेपालले नियन्त्रण गर्दै आएको छ। तर स्वयं प्रधानमन्त्रीको यो भेटले चीन शसंकित भएको बताइन्छ।
वोवाओ सम्मेलनलाई छल्ने गरि जस्तो भएको ओलीको भारत भ्रमणमा बेलामा स्वतन्त्र तिव्वत पक्षधरसँगको यो भेटलाई लिएर प्रधानमन्त्री ओलीको आलोचना समेत भएको छ। यस अघी शेर बहादुर देउवा पनि सोही प्रकारको विवादमा तानिएका थिए।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...