भारत जाँदा रित्तै गएका ओली डाक्टर भएर यस्तो कोसेली सहित आज यसरी फर्कदैछन स्वदेश



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने भ्रमण सकेर आज(आइतबार) राति स्वदेश फर्कँदै छन्।
गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यतालिका अनुसार आज राति स्वदेश फर्कन लागेका हुन् ।

राति ८ बजेतिर प्रधानमन्त्री ओली काठमाडौं आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली नेतृत्वको भ्रमण टोली नेपाल वायु सेवाको विमानबाट स्वदेश आइपुग्ने छ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ। त्यहाँ ओलीलाई मानार्थ विद्यावारिधी अर्थात् पीएचडीको उपाधिले सम्मान गर्ने बताइएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा गत शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...