गाईघाटबजारको सरसफाइ



हाम्रो इकोनोमि

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज बिहान गाईघाट बजार सरसफाइ अभियान सञ्चालन गरेको छ ।

ट्राफिक चौक, लोकतान्त्रिक चौक, टेम्पो चौक, विपी चौक, डिएमगेट तथा असारी लाइन क्षेत्रमा बजार सरसफाइ अभियान सञ्चालन गरिएको अनेरास्ववियु उदयपुरले जनाएको छ ।

अनेरास्ववियु उदयपुरका अनुसार ‘आफ्नो आँगन आफैँ सफा राखौँ, हाम्रो नगर सुन्दर बनाऔँ’ भन्ने नाराका साथ गाईघाट बजार सरसफाइ गरिएको छ ।

अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बिमल कार्कीको नेतृत्वमा गरिएको सो सरसफाइ अभियानमा संगठन आबद्ध डेढ सयभन्दा बढी विद्यार्थी, युवा र नेकपा एमालेका जिल्ला नेताको सहभागिता रहेको अनेरास्ववियु उदयपुरका अध्यक्ष सरोज अधिकारीले बताउनुभयो ।

सरसफाइका क्रममा फोहार संकलन गर्ने र जलाउने तथा कतिपय फोहोर विभिन्न स्थानमा संकलन गरेर त्रियुगा नदी किनारमा लगेर नष्ट गर्ने कार्यसमेत गरिएको सो संगठनका सचिव भुवन दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...