गणतन्त्र दिवसमा तक्मा पाउने मन छ? फारम भरिहाल्नुस्,ओली सरकारले यसरी दिन्छ तक्मा



हाम्रो इकोनोमि

प्रत्येक वर्ष झैँ यस वर्ष पनि नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषित गर्ने भएको छ।
यसका लागि अहिले गृह मन्त्रालय अन्तर्गतको विभूषण तथा समारोह प्रबन्ध शाखाले तथ्यांक संकलन गर्दैछ।

मन्त्रालयले तथ्यांक संकलनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालय, पाँचवटै क्षेत्रीय प्रशासन कार्यालय र संवैधानिक तथा सरकार मातहतका निकायहरुलाई पत्राचार गरिसकेको छ।
सबै निकायहरुले विभूषण ऐन २०६४ र विभूषण नियमावली २०६५ को प्रावधान अनुसार सिफारिस गर्नेछन्।

यस पटक प्रदेशका प्रमुख सचिवले समेत सिफारिस गर्न पाउने भएका छन्।
बिहीबारसम्म सबै निकायलाई सिफारिसका लागि पत्राचार गरिसकिएको र चैत मसान्तभित्र मन्त्रालयमा सिफारिश पठाइसक्नुपर्ने विभूषण शाखाका उपसचिव रुद्रनाथ देवकोटाले बताए।

जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रशासन कार्यालयबाट क्षेत्रीय प्रशासक, प्रदेश सरकारबाट प्रमुख सचिव, मन्त्रालयका सचिव, सचिवालय, विभिन्न संवैधानिक आयोगका सचिव, विभागका अधिकारीहरुले सिफारिस गर्न पाउने उपसचिव देवकोटाले बताए।

सिफारिशका लागि मन्त्रालयले चारवटा बेग्लै फारम पठाएको छ- सर्वसाधारणका लागि, सार्वजनिक संस्था वा सरकारी तथा गैरसरकारी निकायका लागि, राजपत्र अनंकित राष्ट्रसेवक कर्मचारीका लागि र राजपत्राकिंत राष्ट्रसेवक कर्मचारीका लागि छुटै फारमको व्यवस्था गरिएको छ।
सर्वसाधारणले कसरी भर्ने त ?
सर्वसाधारणले जिल्ला प्रशासनमार्फत् सजिलो तरिकाले फारम भर्न पाउनेछन्। जिल्ला प्रशासनमा गएर आफ्नो बारेमा वा त्यस्ता योगदान दिएका व्यक्तिहरुको बारेमा जानकारी गराउँदा प्रमुख जिल्ला अधिकारीले सिफारिस गर्नेछन्।

उपसचिव देवकोटाका अनुसार प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको पहिचान गरी सिफारिस गर्ने बताए। उनका अनुसार स्थानीय व्यक्तिहरुले आफ्नो बारे वा अरु कसैको बारे जानकारी जिल्ला प्रशासन कार्यालयमा दिँदा प्रमुख जिल्ला अधिकारीले सहजै सिफारिस गर्ने जनाए।

विभूषण ऐन २०६४ अनुसार सर्वसाधारणका लागि गृहमन्त्रालयले पनि सिफारिस गर्नेछ।
सरकारले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मक लगायतका अन्य क्षेत्रमा योगदान दिएका व्यक्तिलाई विभूषण प्रदान गर्नेछ।

अन्तिम निर्णयका लागि मन्त्रिपरिषद् समक्ष विभूषण सिफारिस समितिले सिफारिस गर्नेछ। यो समितिमा उपप्रधानमन्त्री अथवा वरिष्ठ मन्त्रीको अध्यक्षता हुनेछ भने गृहमन्त्री र उल्लेखनीय योगदान गरेका व्यक्तिहरु मध्ये समावेशीका आधारमा मन्त्रिपरिषद्ले तोकेको महिलासहित ६ जना हुनेछ।
तक्माका लागि ६ आधार
गृह मन्त्रालयले पठाएको पत्रमा विभुषण सिफारिशका लागि कुनै पनि किसिमको विवादमा परेको हुन नहुने लगायतका ६ आधार उल्लेख छन्-

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...